फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको सबभन्दा अग्लो ठाउँमा आधुनिक रङ्गशाला

(GMT+08:00) 2014-09-08 18:56:14

       चिनियाँ समाचार समितिका अनुसार, ल्हासा संस्कृति र खेल केन्द्र संचालनमा आउने भएको छ। सो केन्द्र सन्चालनमा आएपछि तिब्बतमा आधुनिक विशाल रङ्गशाला नभएको इतिहास समाप्त हुनेछ।

        69 हजार वर्गमिटर भएको ल्हासा संस्कृति र खेल केन्द्रमा 73 करोड 50 लाख चिनियाँ युआन लगानी गरिएको छ। यो विश्वको सबभन्दा अग्लो ठाउँमा बनेको आधुनिक रङ्गशाला पनि हो। ल्हासा संस्कृति र खेल केन्द्रमा रङ्गशाला, खेल हल र याक संग्रहालय समावेश छन्। तीमध्ये रङ्गशालामा बीस हजार अट्नसक्छन् भने खेल हलमा चार हजार सीटको क्षमता छ। हालसम्म तिब्बतको सबभन्दा ठूलो अलग्गै वास्तुकला हो। यो वास्तुकलाका लागि चीनले स्वायत्त प्रदेश तिब्बतमा सबभन्दा बढी लगानी गरेको आधुनिक वास्तुकला पनि हो।

         आगामी सेप्टेम्बर दश तारिख बेलुकी ल्हासा संस्कृति र खेल केन्द्रको खेल हलमा चीनका दुई वटा सर्वोच्च बास्केटबल टीमले प्रतियोगिता गरी संचालन हुने बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ