फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री वाङ याङद्वारा तिब्बतको निरीक्षण

(GMT+08:00) 2015-08-19 19:08:44
        चीनका उप प्रधानमन्त्री वाङ याङले हालै तिब्बतमा गरिबी निवारण तथा विकास, कृषि तथा पशुपालन र पर्यटनबारे निरीक्षण गर्नुभएको छ। उहाँले राजनैतिक र व्यवस्थापकीय श्रेष्ठता खेल्ने, कदमहरु सबल पार्ने, सटीक गरिबी निवारण नीति लागू गर्ने, गाउँ तथा पशुपालन क्षेत्रलाई समृद्धिको रुपमा विकासको पाइलालाई गति प्रदान गर्ने कुरामा जोड दिनुभयो।

        औसत समुद्री सतहदेखि सबैभन्दा अग्लो ना छ्यू क्षेत्रको निरीक्षण गर्दै वाङले पठारभूमिको पशुपालन क्षेत्र गई पशुपालकको जीवनयापन स्थिति र गरिबी निवारण सम्बन्धी कदमहरु व्यवहारमा उतारिएको अवस्थाबारे जानकारी लिनुभयो।

        ल्हासाको छङ क्वानआदि क्षेत्रहरुमा निरीक्षण गर्दै उहाँले कृषि तथा पशुपालनको उत्पादन, वैज्ञानिक अनुसन्धानको नमूना आधार क्षेत्र र गरिबी निवारणका लागि शक्तिशाली उद्योग-व्यवसायहरुको निरीक्षण गर्नुभयो। उहाँले पर्यावरणीय संरक्षणलाई बढाउने, विशेषतायुक्त व्यवसायको विकास गर्ने, गरिब सर्वसाधारणहरु गरिबीबाट मुक्ति दिलाउने र समृद्धिलाई प्रबर्द्धन गर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ