फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ पर्यटक

(GMT+08:00) 2018-07-02 09:49:24

वसन्त ऋतुको आगमनसँगै पर्यटनको मौसम पनि शुरू भएको छ। विभिन्न मुलुकको प्रमुख आयश्रोत पनि पर्यटन हो। चीन एउटा विशाल जनघनत्व भएको मुलुक भएकाले यसले निर्यात गर्ने पर्यटकले धेरैको त्राण धानेको छ। नेपाल पनि चिनियाँ पर्यटकबाट लाभान्वित हुने एउटा मुलुक अन्तर्गत पर्दछ।

चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सजिलो होस् भन्नका लागि नेपालले निःशूल्क भिसाको व्यवस्था गरेको छ। यस्तो सुविधा चीनका लागि बढी प्राथमिकता दिने हेतुले दिइएको हो। चिनियाँहरूले विमानस्थलमै अनअराइभल भिसा पाउन सक्नेछन्।

हाल नेपालमा अनेकन चिनियाँ भाषा कक्षाहरू संचालित छन् जसबाट चिनियाँ भाषी गाइडको कमी हुनेछैन।

नेपाल पर्यटन विकासका लागि प्रचुर संभावना भएको मुलुक हो। त्यसैले चिनियाँलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर छ। चिनियाँ पर्यटन कम्पनीलाई नेपालले पनि स्वागत गरेको छ। चिनियाँहरू नेपालमा सताइँदैनन्, किनकि नेपालीको अतिथि देवो भवःको हार्दिकताले नै नेपाली चिनियामैत्री भएको प्रष्ट हुन्छ। पछिल्लो पटक चिनियाँ सहयोगले पनि नेपालीको चिनियाँ प्रतिको धारणा सकारात्मक छ।

नेपालको अद्वितीय भूगोल संरचना, समृद्ध साँस्कृतिक सम्पदा, विविधतायुक्त प्राकृतिक अवस्थिति, मनमोहक प्राकृतिक दृश्यावलीले नेपाल घुम्न श्रेयस्कर छ। नेपाल साहसिक पर्यटनका लागि पनि उपयुक्त छ। यो अवसरको सदुपयोग गर्न सके नेपालले चिनियाँ पर्यटन क्षेत्रबाट धेरै फाइदा लिनसक्नेछ।

जानकारी तथा लेखहरु