फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोबाट बौद्धिक सम्पत्ति संरक्षणको नयाँ युग सुरु

(GMT+08:00) 2018-11-08 14:40:29

       हाल जारी चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वका एक सयभन्दा बढी नयाँ प्रविधि र वस्तु सार्वजनिक भएका छन् जसले मानव जातिको नवीन सिर्जनाको भावनालाई सम्पूर्ण रुपमा दर्शाएको छ। चीन एउटा ठूलो बजार हुनुका साथै धेरै वर्षदेखि चीनले बौद्धिक सम्पत्ति संरक्षणमा गर्दैआएको प्रयास र प्राप्त ठूलो उपलब्धिका कारण विभिन्न मुलुकले आ-आफ्नो प्रमुख प्राविधिक उत्पादित वस्तुको पहिलो प्रदर्शनीलाई यस आयात एक्स्पो छनौट गरेका छन्।

      हाल मानव जातिको चौथो ‌औद्योगिक क्रान्ति सुरु हुँदैछ यसरी नै बौद्धिक सम्पत्ति संरक्षण र नवीन सिर्जनाबीच अझै घनिष्ठ सम्बन्ध हुँदैजानेछ। यसको अर्थ के हो भने बौद्धिक सम्पत्तिको संरक्षण गर्ने र नवीन सिर्जनाको संरक्षण गर्नेबीच बराबरको महत्व रहने छ अर्थात् जुन मुलुकको नवीन सिर्जना क्षमता ठूलो हुन्छ त्यो मुलुकको बौद्धिक सम्पत्ति संरक्षण गर्ने शक्ति पनि ठूलो हुनेछ।

     हाल चीन विश्व बौद्धिक सम्पत्ति संगठनको सन् २०१८ विश्व नवीन सिर्जना सूचकाङ्कमा पहिलो बीस स्थानमा प्रवेश गरेको छ भने नवीन सिर्जना चीनको उच्च गुणस्तरीय विकासको नयाँ शक्ति बनेको छ। होङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक मञ्चमा सहभागी बिल गेट्सले विश्वमा प्रभावको हिसाबले चीनका धेरै नवीन सिर्जनाको उपलब्धिले चीनलाई मात्रै नभई विश्वलाई पनि सेवा दिनसकेको व्यक्त गर्नुभयो।

     साथै चीनले विश्वका लगभग सबै मुख्य बौद्धिक सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा भाग लिएको छ। हाल चीनको ट्रेडमार्क दर्ताको निवेदन मात्रा लगातार सोह्र वर्षसम्म विश्वको प्रथम स्थानमा रहेको छ भने आविष्कार निवेदन मात्रा लगातार सात वर्षसम्म विश्वको प्रथम स्थानमा रहेको छ।

     यस एक्स्पोको तयारी अवधिमा विभिन्न मुलुकका व्यापारीले बौद्धिक सम्पत्ति संरक्षण गर्ने चीनको धारणा र गतिबिधिको अनुभव प्रत्यक्ष रुपमा लिएका छन्। राष्ट्राध्यक्ष सी चिन फिङले आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय प्रथम व्यापार वातावरणको निर्माण गर्ने दोहोर्‍याउनुभएको थियो। जसबाट विश्वको बौद्धिक उपलब्धि चीनमा अझै राम्रो संरक्षण हुनसकिन्छ र साथै विदेशी व्यापारीले चीनमा आश्वासित रुपमा लगानी, अध्ययन, प्राविधिक अनुप्रयोग गरी चीन विकासको मौकालाई आदानप्रदान तथा बाँड्नसक्नेछ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु