"मेरो चिनियाँ सपना"भन्ने गीतमा बाल्यकालका व्यक्तिका सपना,वयस्क कालमा व्यक्तिगत प्रयास,व्यक्तिगत सपना मातृभूमिसँग घनिष्ठ रूपमा सम्बन्धित रहेको विषयबारे बयान गरिएको छ। यस गीतको अन्त्यमा "मुलुकको उत्थान मेरो गौरव हो"लेखिएको छ। जसले "चिनियाँ सपना"लाई यस युगले प्रेरक अर्थ दिएको छ। यस गीतकी गायिका लिउ युआन युआन चीनकी प्रसिद्ध गायिका हुनुहुन्छ। उहाँले चीनको वसन्त चाड सांगितिक गाला,राष्ट्रिय दिवस लगायत धेरै महत्वपूर्ण कार्यक्रममा गीत गाउनुभएको छ।
यस गीतको बोल यस प्रकार छन्:बाल्यकालमा मेरी आमाले मलाई सधैं सोध्ने गर्नुहुन्थ्यो, तिम्रो सपना के हो?मैले आकाश हेरर भन्थें:युवाकालमा चीनका लागि योगदान पुर्याउँनेछु। बितेका धेरै वर्षसम्म मैले धेरै कोशिश गरें,क्रमश:धेरै उपलब्धी पनि हासिल गरें। मेरो चिनियाँ सपना सधैं मेरो मनमा छ। छोटो समयमा मैले चीनका धेरै ठाउँ घुमें। मेरो चिनियाँ सपना सधैं मेरो मनमा छ। मुलुकको उत्थान मेरो गौरव हो।