वनस्पतिको जात र विभाजन
         चीन विश्वमा सबैभन्दा बढी वनस्पतीय स्रोत-साधन भएका मुलुकहरुमध्येको एक हो। चीनमा झण्डै तीस हजार जातका वनस्पतिहरु पाइन्छन्। चीनमा मलेशिया र ब्राजिलभन्दा मात्र कम वनस्पतीय स्रोत-साधन भएका कारण वनस्पतीय स्रोत-साधनका आधारमा यो संसारको तेस्रो स्थानमा पर्दछ । ती वनस्पतिमा एक सय छ शाखाका झ्याउ-लेउहरु छन् जो संसारको सम्पूर्ण झ्याउ-लेउको सत्तरी प्रतिशत हो । 52 शाखाका 2,600 जातका टेरिडोफाइटहरु छन्। त्यसले विश्वका शाखाका 80 प्रतिशत र कूल जातका 26 प्रतिशत ठाउँ ओगटेको छ, 8,000 जातका काष्ठ वनस्पतिहरु छन् । तीमध्ये 2,000 जातका ठूला रुखहरु छन् । पूरै विश्वमा जम्मा 12 शाखा अन्तर्गत 750 जातका जिम्नोस्पर्म वनस्पतिहरु छन्। चीनमा मात्र 11 शाखा अन्तर्गत 240 जातका त्यस्ता वनस्पतिहरु छन् । धूपी जातिका रुखको कूल जातले मात्र संसारका कूल जातको 37.8 प्रतिशत ठाउँ ओगटेको छ । आङ्गयोस्पर्मले विश्वका कूल जात र शाखाको क्रमश: 54 प्रतिशत र 24 प्रतिशत ठाउँ ओगटेको छ ।

         पृथ्वीको शीत, उष्ण र उप-उष्ण कटिबन्धमा पाइने मुख्य वनस्पतिहरु चीनमा झण्डै सबै पाइन्छन् । चिनियां धुपी, कांस्य सल्ला,सल्ला, मुद्रा पाइन, थाइ वान सल्ला, फु चेन् धुपी, डोभ रुख बार्क अफ युकोमिया आदि रुखहरु चीनमा मात्र पाइन्छन् । चिनियां धुपी एक किसिमको अग्लो रुख हो । त्यो विश्वका प्राचीन, विरलै पाइने र मूल्यवान् वनस्पतिको सूचीमा अंकित रहेको छ । मुद्रा पाइन रुख चाहिं चीनको यांगत्से नदी क्षेत्रको समथर भू-भागमा पाइन्छन् । त्यसक पात छोटा-छोटा हाँगामा पलाएका हुन्छन् र तीनको आकार कोइनका जस्तो हुन्छ । त्यो वसन्त र ग्रीष्म ऋतुमा हरियो हुन्छ भने शरद् ऋतुमा पहेंलो बन्छ । त्यो विश्वभरि घर-चोकमा रोपिने पाँचवटा मूल्यवान् रुखहरुमध्येको एक हो । चीनमा दुइ हजार भन्दा बढी जातका खाद्य-वनस्पतिहरु र तीन हजार भन्दा बढी जातका औषधिजन्य वनस्पतिहरु पाइन्छन् । तीमध्ये छांग पाई पहाडमा पाइने जीनसन, तिब्बतमा पाइने साफ्लावर, निंग स्यामा पाइने चिनियाँ उल्फबेरी, युन् नान् र क्वी चौमा पाइने नक्कली जीनसन आदि वनस्पति सबै नै मूल्यवान् चिनियाँ जडीबुटी हुन् । अनि चीनमा फूल फूल्नेखालका वनस्पतिहरु पनि प्रशस्तै छन । "फूलहरुमध्येका राजा" मानिएको पीओनी फूल, विशेषगरी चीनमा मात्र पाइन्छ । त्यसको फूल ठूलो, रंग तेजिलो र चहकिलो हुन्छ र यस फूलका धेरै पुष्पदलहरु हुन्छन् । यसलाई चीनको राष्ट्रिय फूलका रुपमा मानिएको छ ।

        चीनका वन-जंगल मौसमका आधारमा उत्तरदेखि दक्षिणसम्म नाति-शितोष्ण कटिबन्ध क्षेत्रमा पाइने धूपीको जंगल, सम-शितोष्ण कटिबन्ध क्षेत्रमा पाइने धूपी जातिय र ठूला पात भएका रुखहरुको मिश्रित वन, उष्ण कटिबन्धीय क्षेत्रमा पाइने धूपीको जंगल र पर्णपाती रुखहरुको जंगल, उप-उष्ण कटिबन्ध क्षेत्रमा पाइने सदाबहार ठूला पात भएका रुखहरुको जंगल र धूपी जातीय जंगल तथा उष्ण- कटिबन्धको रेनफरेष्ट र मौसमी जंगलको क्रममा फैलिएको छ । र तीमध्ये उप-उष्ण कटिबन्धको जंगल जातको विविधता र महत्वको दृष्टिकोणबाट हेर्दा विश्वका उही कटिबन्धमा पर्ने अन्य क्षेत्रको दांजोमा निकै उत्कृष्ट छन् ।