जनसंख्या
            चीन संसारमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो। सन् 2011 को अप्रिल महिनाको 28 तारिख राष्ट्रिय तथ्याङ्क व्यूरोद्बारा प्रकाशित छैटौं राष्ट्रिय जनगणनाको नतिजाअनुसार, चीनको कुल जनसंख्या 1 अर्ब 37 करोड 5 लाख 36 हजार 8 सय 75 छ। चीन विश्वमा जन-घनत्व अपेक्षाकृत बढी भएका मुलुकहरुमध्येको एक पनि हो। ( यसको सरदर जन-घनत्व लगभग 135 जना प्रति वर्गकिलोमीटर रहेको छ)। चीनको जनसंख्याको विभाजन सन्तुलित छैन। मुलुकको पूर्वी भागमा बढी मानिसको बसोबास छ भने पश्चिमतर्फ कम छ। पूर्वी समुद्री तटवर्ती क्षेत्रमा जन-घनत्व निकै बढी छ, त्यहाँको जनसंख्या प्रति वर्गकिलोमीटर 400 भन्दा बढी छ। त्यसको मध्य भागमा प्रति वर्गकिलोमीटर क्षेत्रमा 200 भन्दा बढी मानिसको बसोबास छ र पश्चिमी भागको टारभूमि क्षेत्रमा जनसंख्याको वितरण दर एकदम कम छ, त्यहाँको जनसंख्या प्रति वर्गकिलोमीटर 10 जना पनि छैन। हाल चिनियाँ नागरिकहरुको औषत आयु बढेर 73.50 वर्ष पुगेको छ।