चिनियाँ वास्तु-कला बारे संक्षिप्त जानकारी
          आफ्नै विशेषतायुक्त चीनको वास्तु-कला शानदार चिनियाँ सभ्यताको महत्वपूर्ण संगठनात्मक अंग हो। चिनियाँ वास्तु कला、पश्चिमी वास्तु कला र इस्लामिक वास्तु कलाबाट विश्वका तीनवटा ठूला वास्तु-कला प्रणाली स्थापित भएको छ।

          चिनियाँ वास्तु-कला विश्वमा काष्ठ-बनौट प्रधान रहेको एकमात्र वास्तु-कला प्रणाली हो। जुन चिनियाँहरुको नैतिक दृष्टकोण、सुन्दरताको रसास्वादन सम्बन्धी स्तर、मूल्य सम्बन्धी दृष्टिकोण र प्रकृति सम्बन्धी दृष्टिकोणको गहन अभिव्यक्ति हो। गहन र दीर्घकालीन सांस्कृतिक परम्परामा आधारित चिनियाँ वास्तु-कलाका मुख्य विशेषताहरुमा निम्न कुराहरु समावेश छन: शाही अधिकार प्रमुख भएको विचारधारा र कडा सामाजिक श्रेणी सम्बन्धी दृष्टिकोणमा बढी जोड दिइएको हुँदा दरबार र राजधानीका घर-भवनहरुको निर्माणतर्फ प्राप्त उपलव्धि सबैभन्दा उल्लेखनीय छ;एकै ठाउँमा बनाइएका घरहरुको सिंगो सुन्दरतामा विशेष जोड दिइएको छ । साथै ती घरहरुको समूह मुख्यतः आँगनसहित सममिताकार जस्ता बनौटमा रहेका छन्;प्रकृतिको कदर गर्दै प्रकृतिसँग घनिष्ठताका साथ मेल खाने कुरामा बढी दृष्टि पुर्‍याइएको छ;तटस्थ、मिलनसारी、अव्यक्त र गहन आन्तरिक सुन्दरतालाई भेट्टाउनमा विशेष ध्यान पुर्‍याइएको छ।

         चिनियाँ वास्तु-कलाले इतिहासमा विदेशसँग कलात्मक विशेषता र शीप-कौशलको आदान-प्रदान गर्ने कुरामा निकै महत्वपूर्ण दृष्टि पुर्‍याइरहेको थियो। यसबाट जापान, कोरिया, भियतनाम र मंगोलिया आदि मुलुकहरुको वास्तु-कलामा ठूल्ठूला प्रभाव परेको थियो। आज आएर आधुनिक चिनियाँ वास्तु-कलाले परम्परागत शैलीलाई सुरक्षित राख्नुका साथसाथै पश्चिमी कलाको विशेषताबाट पनि आफूलाई सुहाउने विषय-वस्तुहरुलाई अंगीकार गरी एकनाससित विकसित हुंदैआएको छ।