युआन् मिंग युआन् पार्कमा रहेका पूरातात्विक वस्तुहरु हाल कहाँ छन?

          सन् 1860 मा बेलायत र फ्रान्सका गठबन्धन सेनाले पैचिंगमाथि आक्रमण गर्दा युआन् मिंग युआन पार्कमा लूटपाट गरी त्यसलाई रित्तो पारेका थिए। तिनीहरुले युआन् मिंग युआन् पार्कबाट कति मूल्यवान माल लुटे भन्ने कुरा अहिलेसम्म पनि एकिन गर्न सकिएको छैन। त्यसबेला फ्रान्सेली अतिक्रमणकारी सेना स्वदेश फर्केपछि फ्रान्सेली बादशाहलाई उपहार स्वरुप दिएका आंशिक कोसेलीहरु मात्रै झण्डै दशौं हजार थान अमूल्य हिरा मोती आदि माल-सामानहरु थिए। यदि तपाईं त्यति बेला युआन् मिंग युआन पार्कमा भएका अमूल्य वस्तुहरु हेर्न चाहनुहुन्छ भने बेलायत र फ्रान्स जानुपर्छ।

  बेलायतको लण्डन अवस्थित महा इन्गलेन्ड संग्रहालयमा युआन् मिंग युआन् पार्कबाट लुटेर ल्याइएका लाखौं थान अमूल्य मालसामानहरु प्रदर्शित गरिएका छन। त्यहाँ चीनका छिंग र हान् राज-वंशका पूरातात्विक महत्वका सामानहहरु, स्वी र थांग राज-वंशका चित्र र लिपीहरु, मिंग र छिंग राज-वंशका सून र जेडहरु देख्नपाइन्छ। चीनको पूर्वी चिन् राज-वंशका प्रख्यात चित्रकार कु खाइ चको 《न्यु श चन् चित्रको संकलन》 यहाँ सुरक्षित छ। फ्रान्सका त्यति बेलाका सम्राट नेपोलियन त्रितीयले, विशेष गरी आफ्नो प्राचीन सामग्रीहरुको कक्षमा "चिनियाँ कक्ष"को स्थापना गरेका थिए। अतिक्रमणकारी सेनाले आफूलाई उपहार स्वरुप त्यहाँ पुर्‍याइएका एक हजारवटा जति युआन् मिंग युआनका पूरातात्विक वस्तुहरु र अमूल्य माल-सामानहरुको प्रदर्शन गर्नका लागि त्यसको उपयोग गरिएको हो। ती माल-सामानहरुमा चीनका शान र चौ राज-वंशकालका तामाका सामानहरु, मिंग राज-वंशका चिनियाँ माटाबाट निर्मित माल-सामानहरु, विभिन्न किसिमका कुँदे बनाइएका जेडका सामानहरु, हात्तिका दाँतबाट बनाइएका माल-सामानहरु, छिंग राज-वंशका छिआन् लोंग बादशाहको शाही छाप आदि थिए। फ्रान्सको पेरिसमा भएको राष्ट्रिय पुस्तकालयमा युआन् मिंग युआन् पार्कबाट लुटेर ल्याइएका सो पार्कका चालीसवटा दृश्यका रेशमी कपडामा बनाइएका चित्र आदि मूल्यवान् पूरातात्विक वस्तुहरु राखिएका छन। विदेशी निजी व्यक्तिहरुको हातमा परेका युआन् मिंग युआन् पार्कका अमूल्य माल-सामानहरुको त लेखा-जोखा नै छैन।

            सन् 2000 को मे महिनामा हंग कंगमा आयोजित पूरातात्विक वस्तुहरुको लिलाम-बिक्री समारोहमा खुला रुपमा बेचिएका युआन् मिंग युआन् पार्कका केही पूरातात्विक माल-सामानहरुमा तीनवटा तामाबाट बनाइएको गाईको टाउको, बाँदरको टाउको र बाघको टाउको थिए। सो लिलाम-बिक्री समारोहमा सो बाघको मूर्ति एक करोड चालीस लाख चिनियाँ युआन, गाईको टाउको सत्तरी लाख चिनियाँ युआन् र बाँदरको टाउको चौहत्तर लाख चिनियाँ युआनमा बेचिएको थियो।