थाइवानका ठाउँहरुको नाउँ सम्बन्धी रोचक कुराहरु

            प्राचीन कालमा थाइवानलाई यी चौ, लिउ छ्यौ, तोंग फान र ता युआन आदि नामले चिनिन्थ्यो। पछि-पछिका मानिसहरुले त्यसको विशेषता अनुसार त्यसका धेरै नाउँ राखेका थिए। जस्तो, उदाहरणका लागि, त्यहाँ प्रशस्त प्राकृतिक खनिज पदार्थ पाइने हुँदा यसलाई "पाउ ताउ अर्थान् अमूल्य टापू", त्यसको आकृति चिनियाँ जंगली स्याउको फूलको पत्रजस्तै देखिएकाले यसलाई "हाई थाङ्ग अर्थात् टापू", बाह्रै मास वसन्त जस्तो आनन्ददायी मौसम हुने हुँदा यसलाई "छुन ताउ अर्थात् वसन्ते टापू", त्यहाँ प्रशस्त पुतली पाइने भएकोले यसलाई "हू ते ताउ अर्थात् पुतली टापू", त्यसै गरी त्यहाँ निकै धेरै मुगा पाइने भएकोले यसलाई "शान हू ताउ अर्थात् मुगा टापू" र निकै धेरै उखु उब्जने हुँदा यसलाई "थेन ताउ अर्थात् गुलियो टापू" भनेर बोलाइने गरिन्छ। यूरोपेली उपनिवेशवादीहरुले थाइवानलाई फोरमोसा अर्थात् सुन्दर टापू वा "यू फू ताउ अर्थात् माझी टापू" भन्ने नाम दिएका थिए।

   थाइवान टापूको सुन्दर नाउँ मात्र नभई त्यसका ठाउँहरुको नाउँ सुन्दा पनि मानिसलाई आनन्द लाग्दछ। कसै-सैले थाइवानका स्थानहरुको नाउँ जोडेर दुइ दुइ लाइनमा लेखिने छन्दोबद्ध कविता लेखेका थिए। तीमध्येको एक यस प्रकार छ- हरियो टापूमा पर्ने याङ्ग मींग शान पहाड ठिंग उभिएको छ, चौतारामा ढकमक्क फुलिरहेका फूलहरुले मनमोहक चित्र कोरेका छन्,निलाम्मे पानी छचल्किरहेको रि युए कुण्ड सररर बहिरहेको छ,गौंथली र कोइलीले सुरिलो स्वरमा आई ह खोलाको दुबै किनारमा मीठो गीत गाइरहेका छन्।

            वास्तवमा यसमा थाइवानका ल्यू ताउ, याङ्ग मिंग पहाड, व्हा थान्, चिंग मै, रि युए थान्, यिंग क र आई ह भन्ने थाइवानका आठवटा ठाउँको नाम अंकित भएको छ। ती आठवटा ठाउँ थाइवानका अति सुन्दर र रमणीय दृश्यावलीले भरिपूर्ण स्थान मानिएका छन्।

            त्यस्तै अर्को दुइ दुइ लाइनमा लेखिने छन्दोबद्ध कविता यस प्रकार छ, जुन थाइवानका चौधवटा ठाउँको नामलाई जोडेर लेखिएको हो। ती चौधवटा ठाउँको नाम यस प्रकार छन्- स्याङ्ग शान याङ्ग मै, छिंग श्वै व्हा लेन, छाउ थुन च्या तोंग ता या, फन् युआन स्यु लिंग, फाङ्ग युआन मु तान, लान यू हंग छुन मै नोंग। त्यसको अर्थ यस प्रकार छ-

           सुगन्धी पहाड र फलफुल स्ट्रावरी, स्वच्छ पानी र कमलको फूल, घांसे मैदान、न्यानो हिउँद र उत्तम चरित्र,

          मीठो बासनायुक्त पार्क र हराभरा जंगल, मखमली बगैंचा र प्युअनियर फूल, नीलो व्दीप、बाह्रैमास वसन्त र ताजा सुन्दरता।

          ती चौधवटा ठाउँहरुको सुन्दरताको कुरै नगरौं, ती ठाउँहरुको नाउँबाट नै मानिसलाई कविता लेखुँ-लेखुँ जस्तो लाग्छ।

          सुन्दर बहुमूल्य टापू कहलिने थाइवान निकै आकर्षक र सुन्दर छ।