रिमोट सेन्सिङ्गद्बारा पूरानो पैचिङ्गको नयाँ चमत्कार पत्ता

          मिङ्ग वंशको युङ्ग ल काल अर्थात् सन् 1403-1425मा निर्मित पैचिङ्ग शहरको बनोट एकदमै रमणीय छ। यसको निर्माण कला विश्वमै प्रसिद्ध छ। हाल चीनका प्राविधिज्ञहरुले रिमौट सेन्सिङ्ग प्रविधिद्बारा आकाशबाट पैचिङ्ग शहरको चित्र खिच्ने क्रममा पैचिङ्ग शहरको केन्द्रमा दुइवटा नाग सुतिरहेको र एकजना महान व्यक्ति बसिरहेको पत्ता लगाएका छन्। यो पैचिङ्ग शहरको चमत्कारयुक्त दृश्य हो।

          मानिसहरुले रंगीन रिमौट सेन्सिङ्ग चित्रमा दुइवटा ठूला नाग दक्षिण-उत्तर दिशा गरेर सँगसँगै बसिरहेका छन्। यी नागहरु भनेको पैचिङ्गका पूराना-पूराना भवनहरु एकपछि अर्को गरेर जोडिएपछि बनेको लामो नागको आकार हो। यो थिएन आन मनदेखि घण्टी-ढोल भवनसम्म बाँगोटिंगो भएर फैलिएको छ। थिएन आन मन नागको मुख, चिङ्ग श्वै पुल यसको छोटो जुँगा, पश्चिमी-पूर्वी छाङ्ग आन सडक यसको लामो जुँगा हो। शाही मन्दिर र आकाश तथा भुइँको मञ्च यस नागको दुइवटा आँखा हुन्। साम प्यारिस नागको जीउ हो। उक्सेर आएको भाग चिन शान पार्क हो। घण‍टी-ढोल भवन यस नागको पूच्छर हो। साम प्यारिसको चार कुनामा रहेका भवन नागका खुट्टा जस्तै देखिन्छ।

           अर्को नाग पैचिङ्गको जल सञ्जालको बनौटमा देख्न पाइन्छ। यसलाई जल नाग भनिन्छ। जल नागको टाउको अर्ध डल्लो आकारमा रहेको नान हाई हो। चोङ्ग हाई र पै हाईसँग मिलेर बनेको नागको बाँगोटिङ्गगो जीउ हो। उत्तर-पश्चिमी दिशामा रहेको श शा हाई हल्लाइरहेको नागको पूच्छर जस्तो छ।

            दुइवटा नाग सँगसँगै जान्छन् र आउँछन्। यस्तो शानदार र भव्य नाग प्राचीनकालमा नै डिजाइन गरेको हो कि त्यसै मिलेको हो, हामी भन्न सक्दैनौ‍।

             पैचिङ्ग शहरको अर्को अचम्मलाग्दो दृश्य चिङ्ग शान पार्कको चित्र हो। यो चित्र हेर्दा आँखा चिम्लेर पलेटी कसेर बसिरहेका एकजना महान ध्यानीको मूर्ति जस्तो छ। चिङ्ग शान पार्क पहिलेको शाही पार्क हो। यो साम प्यारिसको उत्तरी दिशामा पर्छ।

             यी चमत्कारयुक्त दृश्य पत्ता लागेपछि पैचिङ्ग शहरका सम्बन्धमा अझ बढी एक किसिमको रहस्यमय भावना थपिएको छ।