बाघको डरलाग्दो रुप उधारो लिने फ्याउरो

           एउटा बाघले भीर-पखेरा, समथर-मैदान जताततै धाएर आफूभन्दा कमजोर जनावरहरुको शिकार गरेर जीवन धान्दैआएको थियो । एक दिन त्यसले आफ्नो शिकारका रुपमा एउटा फ्याउरालाई समात्यो । त्यतिबेला फ्याउराले भन्यो: तिमी मलाई खाने साहस गर्नसक्दैनौ । किनकि म ईश्वव्दारा नियुक्त यस जंगलका सबै जनावरहरुको राजा हुँ। तिमीले मलाई खाएको खण्डमा तिमीले ईश्वरको आज्ञा विपरित गएको मानिने छ । मेरो कुरामा तिमीलाई विश्वास लाग्दैन भने, कृपा गरेर मेरा पछि-पछि आउ, जंगलतिर घुम्न जाउँ । तिमीले देख्ने मौका पाउनेछौ, कुनै‍ पनि जनावर मलाई देखेपछि नभागिरहन सक्ने छैन ।बाघले फ्याउराको प्रस्ताव स्वीकार गर्यो र त्यसका पछि-पछि लाग्यो । गजबको कुरा, जहाँ-जहाँ तिनीहरु गए, अरु सबै जनावरहरु आफ्नो प्राण जोगाउँदै भागेको देख्यो बाघले । यो दृश्य देखेको बाघले आफूले ती जनावरहरुको मनमा भय सिर्जना गरिदिएको वास्तविकतालाई बिर्सेर ती जनावरहरु त्यस फ्याउरादेखि नै डराएको कुरामा विश्वास गरिबस्यो ।