छाँ हो चन्द्रमामा उडेर गएको कथा
     चिनियाँ पात्रो अनुसार आठौ महिनाको पन्ध्र गते चीनको परम्परागत चाड मध्य शरद पर्व पर्दछ। त्यस दिन चिनियाँहरु आफ्नो परीवारका सबै सदस्यहरुसँगै बसेर मुनकेक र फलफूल खाँदै चन्द्रमा हेर्नेगर्छन्।

        छाँ हो चन्द्रमामा बस्ने देवी हुन। उनका श्रीमान हौ युद्ध गर्न निकै सिपालु र शूरवीर छ। त्यस बेला संसारमा धेरै भयंकर जनावरहरुले मानिसहरुलाई दु:ख दिने र मार्ने गरेका थिए। स्वर्गका सम्राट देवता थिएन टीले मानिसहरु बिपत्तिमा परेको देखेर हौ यी र उनकी स्वास्नी छाङ्ग होलाई मानिसहरुको मद्दत दिन पठाए। हौ यीले यी सबै भयंकर जनावरहरुलाई मार्नलागेको बेलामा आकाशमा दशवटा सूर्य देखा परे। ती दशवटा सूर्य सबै स्वर्गका सम्राट-देवता थिएनन तीनका छोरा थिए। यी दशवटा सूर्यका किरणले भूमिलाई साह्रै तताए। त्यसले गर्दा खेति-पाति केही पनि भएन। मानिसहरुलाई सास फेर्न पनि गाह्रो भएर उनिहरु बेहोश भए। ताल तथा नदीहरु सबै सुकेका थिए र गर्मीले जंगलमा आगो लागेको थियो। जताततै मानिसहरुका शव मात्र देखिन्थे।

        हौ यीले दशवटा सूर्यलाई हरेक दिन पालै-पालो गरेर एउटा मात्र सूर्य निस्केर मानिसहरुलाई उज्यालो दिन र पृथ्वीलाई न्यानो पार्न अनुरोध गरे। तर दशवटा सूर्यले यस अनुरोधलाई स्वीकार गरेनन। त्यसपछि रिसाएका हौ यीले सेतो बाण लिएर नौवटै सूर्यलाई मारे। अब एउटा मात्र सूर्य बाँकि रह्यो। त्यसैले मानिसहरुले हौ यीलाई खुब मन पराउँनथाले।

         हौ यीले आफ्ना नौजना छोरालाई मारेको कुरा सुनेर स्वर्गका देवता थिएन् टी सम्राटलाई रिस उठ्यो र उनले हौ यी र उसकी स्वास्नी छाँ होलाई स्वर्गमा फर्कन दिएनन। त्यसपछि उनिहरुले केही उपाय नलागेर सामान्य मानिसहरुसँगसँगै बसेर जीवन बिताउन थाले। यस क्रममा उनिहरुले धेरै दु:ख पाए। छाँ होले स्वर्गका देवता थिएन टि सम्राटका छोराहरुलाई मारेकोमा हौ यीकव आलोचना गरिन। छाँ हो नर-लोकमा दु:खपूर्ण जीवन विताउनु परेकोमा असन्तुष्ट थिइन।

         आफ्नी स्वास्नीले आफूसँगै नर-लोकमा बसेर दु:खी जीवन विताउनु परेकोमा हौ यीलाई दु:ख लाग्यो। उनले खुन लुन पहाडमा बस्ने देवी सिवाङ्गमूसँग एक किसिमको औषधि भएको कुरा सुने। यो औषधि खाएपछि मानिस उडेर स्वर्गमा जानसक्छ भन्ने कुरा हौ यीलाई थाहा भयो। हौ यी धेरै दु:खका साथ खुन लु पहाड पुगे र देवी सिवाङ्गमूसँग औषधि मागेर ल्याए। यो औषधि दुइजनालाई खान नपुग्ने भएका कारण उनले त्यसलाई घरमै लुकाएर राखे।

          हौ यीकी स्वास्नी छाँ हो दु:खमय जीवन विताउन इच्छुक थिइनन्। हौ यी बाहिर गएको बेला पारेर लुकाएर राखिएको औषधि छाँ होले खोजेर पाइन र एक्लै त्यो औषधि खाइन्। यस औषधि खाने बित्तिकै छाँ होको जीउ क्रमशः हलुका हुँदैगयो। त्यसपछि उनी उडेर चन्द्रमामा पुगीन। हौ यीले छाँ हो चन्द्रमामा गैसकेको कुरा थाहा पाएर साह्रै दुखी भए र छाँ होसित विदा भए।

          हौ यी एक्लो भएपछि शिकार गर्नथाले र केही विद्यार्थीहरुलाई तारो हान्न सिकाउँनथाले। उनका विद्यार्थीहरुमध्ये फोङ्ग मोन नामका एकजना विद्यार्थी थिए। उनी तारो हान्न धेरै सिपालु थिए। उनले हौ यी बाँचिरहेको अवस्थामा आफू पहिलो स्थानमा पुग्न नसक्ने विचार गरेर एक दिन हौ यीलाई रक्सी लागेको मौका पारेर उनले हौ यीलाई मारिदिए।

          चन्द्रमा पुगेकी छाँ हो औषधि बनाइहेको एउटा खरायो र रुख काटिहेको एकजना बुढासँग बस्दछिन्। जब उनले आफ्ना श्रीमान हौ यीसँग बिताएको जीवनको सिंहावलोकन गर्थिन उनलाई पछुतो लाग्थ्यो र उनि आफूलाई झन एक्लो अनुभव गर्थिन। तर उपाय कतै छैन, हालसम्म पनि छाँ हौ चन्द्रमामा दु:खमय जीवन विताइरहेकी छिन।