ता यु
         चार हजार वर्षअघि ह्वाङ ह नदीका दुबै किनारा बाढीबाट प्रभावित हुनेगरेका थिए। ता यु त्यस बाढीको प्रकोपलाई रोक्न सफल भएकाले हरेक वर्षको बाढीबाट पीडित हुनेगरेका सर्वसाधारणहरु बीच उनको ठूलो सम्मान थियो। त्यस बेला ह्वा स्या जन-जातिका प्रमुख स्युनले ता युलाई उक्त जन-जातिका प्रमुखको पद सुम्पिएका थिए। ता युले बाढीको रोक-थाम गरेको कथा युगौं-युगसम्म चल्दैआएको छ।

         प्रचलित कथा वमोजिम ह्वा स्या जन-जातिका प्रमुख याउको समयमा बाढीको प्रकोप हरेक वर्ष देखापर्ने गर्दथ्यो। बाढीले खेती-पाती डुबाउनुका साथै घरहरु पनि भत्काउने गर्दथ्यो। सर्वसाधारणहरु वाध्य भएर अन्यत्रै अग्ला-अग्ला ठाँउतिर सर्नेगर्दथे। प्रमुख याउले जरुरी बैठकको आयोजना गरी अन्य जन-जातिका प्रमुखहरुसँग बाढीको रोक-थामबारे छलफल गरेका थिए। त्यस बैठकमा सबैले बाढी नियन्त्रण कार्यको जिम्मा गुनलाई दिने कुराको सिफारिस गरे।

         बाढी नियन्त्रणका लागि गुनले नौ वर्षसम्म विविध उपाय अपनाए, तर बाढीको प्रकोप पहिलेकोभन्दा झन बढी देखिन्थ्यो।

         अन्त्यमा याउले गुनलाई मारे। अनि गुनका छोरा ता युलाई बाढी नियन्त्रणको जिम्मेवारी सुम्पिए।

         ता युले बाढी नियन्त्रण सम्बन्धी उनका बुबाको उपायको प्रयोग नगरी पानी अन्यत्रै लैजानका लागि नहर खनेर नदीको प्रवाह-पथलाई ठूलो बनाउने उपायको प्रयोग गरे। यस उपाय प्रभावकारी सावित भयो— बाढीको पानी सिधै समुद्रमा पुग्यो। यसका लागि उनले सर्वसाधारणहरुसँगसँगै मिलेर ठूलो शारीरिक मेहनत गरिरहे। बाढीको रोक-थामका क्रममा उनले धेरै किसिमका मापक यन्त्रहरुको सिर्जना गर्नुका साथै तीनको उपयोगका उपायहरु तय गरे।

         तेह्र वर्षको प्रयासमार्फत ता यु बाढीको पानी सिधै समुद्रसम्म पुर्‍याउन सफल भए। त्यसपछि बाढीका कारण हराएको जग्गा खेती-पाती गर्नका लागि पुनः पाउन सकिन्थ्यो।

         विवाह गरेको छोटो समयपछि नै बाढी नियन्त्रण सम्बन्धी कार्यका लागि ता युलाई घर छोडेर जताततै जानुपर्थ्यो। आफ्नो घरको अगाडि धेरै पटक आइपुगे तापनि उनी घरभित्र पस्न पाउँदैनथे, समयाभावले गर्दा। एक दिन उनकी श्रीमती थु शानसले छोरो जन्माइन। त्यस बेला ता युले आफ्नो घरमा बच्चा रोएको आवाज सुने तापनि उनलाई भित्र पस्ने फुर्सद थिएन।

         बाढी नियन्त्रणमा ता युले हासिल गरेको सफलता र त्यसका लागि उहाँको योगदानलाई दृष्टिगत गरेर ह्वा स्या जन-जातिका प्रमुख स्युनपछि सो जन-जातिका मानिसहरुले उहाँलाई नै आफ्ना प्रमुखमा निर्वाचित गरे।

         बाढी नियन्त्रण गरेर जन-जातिका मानिसहरुलाई बाढीको प्रकोपबाट मुक्त गराउनु ता युको मुख्य योगदान थियो। त्यस बेला जन-जातिहरु पृथक भएको अवस्थामा उनले सबै जन-जातिका लागि एकीकृत उपायको अवलम्वन गरी बाढीको रोक-थाम गर्ने निर्णय गरे। उनले आफ्ना सहायकलाई "शान हाइ जीङ" नामको किताब लेख्न लगाएर चीनको इतिहासमा पहिलो पटक नदी तथा पहाडहरु, व्यक्ति तथा घटनाहरु एवम् चरा-चुरुङ्गीहरुबारेको जानकारी किताबमा समेटेका थिए।

         ता युले बाढी नियन्त्रण सम्बन्धी काम पूरा गरेपछि मानिसहरुले पुन: आ-आफ्ना घर-बारको काम गर्नथाले। ता युले त्यस जन-जातिको प्रमुख भएपछि मिहिनेत गरी सम्पूर्ण समाजलाई नयाँ चरणमा प्रवेश गराए।