छ्यौ यंग र उहाँको "काल्पनिक स्वर्ग चित्र"

           छ्यौ यंग (1493-1560), उहाँको उप-नाम श फु र साहित्त्यिक नाम श चौ हो। उहाँको जन्म थलो चीनको च्यांग सु प्रान्तको थाइछांग शहर हो। पहिले उहाँ एकजना बार्निस लगाउने मानिस हुनुहुन्थ्यो। उहाँले चीनका प्रसिद्ध चित्रकार चौ छनसँग चित्र बनाउन सिक्नुभएको थियो। पहाड र पानी लगायत प्राकृतिक दृश्य, मान्छे र किशोरी आदिको चित्र बनाउन उहाँ सबैभन्दा सिपालु हुनुहुन्थ्यो।

            उहाँको प्रसिद्ध चित्र "काल्पनिक स्वर्ग चित्र" मा वास्तविक समाजसँग निकै टाढा भएका काल्पनिक स्वर्गको वातावरण तयार पारिएको छ। सो चित्रमा टाढातिर अग्ला-अग्ला पर्वत-श्रृंखलाहरुका बीचमा बादल देखिनुका साथै केही मन्दिरहरु पनि देखिन्छन। चित्रमा नजिकै देखिने पानी र पुल तथा रुखहरु पनि निकै सुन्दर देखिन्छन। यो मानव जातिको स्वर्ग जस्तो देखिन्छ। सो चित्रमा मुख्यतः मान्छेहरुको चित्र बनाइएको छ। कलाकारले रंगको समुचित प्रयोगका माध्यमबाट ती मान्छेहरुलाई निकै स्पष्टसँग देखिने पार्नुभएको छ। यसबाट मान्छे र दृश्यबारेका चित्र बनाउन श्री छ्यौ यंग निकै कुशल हुनुहुन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ।