मिंग वंशको स्याउ लिंग समाधिस्थल
           चीनको मिंग वंश (सन 1368-1644) का संस्थापक सम्राट चु युआन चांगको स्याउ लिंग समाधिस्थल विश्वको सबैभन्दा ठूलो प्राचीन, सम्राटका समाधिस्थलहरुमध्येको एक हो।

           चीनको इतिहासमा श्री चु युआन चांग (सन 1368-1398) एकजना यस्ता सम्राट हुन जसका बारेमा हालसम्म पनि धेरै कुरा थाहा पाउनसकिएको छैन। उनको परीवार निकै गरिब थियो। बाँच्नका लागि पहिले उनी एउटा मन्दिरमा भिक्षु बेका थिए। त्यसपछि उनी युआन वंश (सन 1271-1368) को विरोध गर्ने किसानहरुको विद्रोही सेनामा भर्ना भएका थिए। बहादुर र बुद्धिमान भएकाले श्री चु युआन चांग एकजना सामान्य सैनिकबाट किसानहरुको बिद्रोही सेनाका नेता बनेका थिए। सन 1368 मा उनले सम्राटको सत्ता हत्याई अन्तमा चीनको एकीकरण गरेका थिए।

           श्री चु युआन चांगले आफू जीवितै रहँदा आफ्नो समाधिस्थलको निर्माण शुरु गरेका थिए। पच्चिस वर्षसम्मको निर्माण कार्यपछि उनका छोराले सम्राटको पद सम्हाल्ने बेलासम्ममा उनको समाधिस्थलको निर्माण कार्य पूरा भएको थियो। श्री चु युआन चांगको पदावधिमा चीनको राजधानी पूर्वी भागमा पर्ने नान चिंग शहर (केही समयपछि उनका छोराले राजधानीलाई नान चिंगबाट पेइचिंग सारेका थिए) मा भएकाले उनको समाधिस्थल स्याउ लिंग पनि नान चिंग शहरको कछाड क्षेत्रमा निर्माण गरिएको थियो। चीनको मिंग वंशका सम्राटहरुका सोह्रवटा समाधिस्थलहरुमध्ये पेइचिंगमा नभएको समाधिस्थल सोही स्याउ लिंग मात्र हो। सम्बन्धित सामग्री अनुसार, मिंग वंशको स्याउ लिंग समाधिस्थलको भित्ताको लम्बाइ 22.5 किलोमिटर छ भने सो लम्बाइ तिनताका चीनको राजधानी शहरको भित्ताको दुइ तिहाइ बराबर छ। छ सय वर्षसम्मको हावा-पानी र युद्धको मार खेपेको त्यस स्याउ लिंग समाधिस्थलमा काठद्बारा बनाइएका कक्षहरु सबै ध्वस्त भएका थिए। तापनि हाल सो समाधिस्थलमा सुरक्षित ढुंगाद्बारा बनाइएका बास्तुहरुका आधारमा पहिले त्यसको बनौट र परिमाणबारे स्पष्टताका साथ थाहा पाउन सकिन्छ। श्री चु युआन चांगपछि मिंग वंशका अन्य सम्राटहरुको समाधिस्थलको बनौट र शैली एकै प्रकारको हुनुका साथै ती समाधिस्थलहरु भन्दा धेरै ठूलो छ। तर स्याउ लिंग समाधिस्थलमा निर्माण गरिएको "देव-मार्ग" सिधा नभई बाङ्गो छ। पूरातत्वविदहरुले यसो हुनुको कारणबारे हालसम्म पनि केही पत्ता लगाउन सकेका छैनन।

          स्याउ लिंग समाधिस्थलको देव-मार्ग स फांग छंग नामको विश्रामस्थलदेखि बाहिरतिर गएको छ। स फांग छंग भन्ने विश्रामस्थलको छानो बिग्रेको छ र भित्ता मात्र देखिन्छ। सो विश्रामस्थलमा एउटा ढुंगाको स्तम्भ छ। श्री चु युआन चांगका छोरा स्वयम् आफैंले लेखेको 2746 अक्षर रहेको एउटा लेख सो सतम्भमा कुँदिएको छ। सो लेखमा श्री चु युआन चांगको श्रेयदानबारे उल्लेख गरिएको छ। देव-मार्गका दुबैतिर सिंह, ऊट, हात्ती र घोडा आदि छ किसिमका बाह्रवटा जनावरका ढुंगाका मूर्तिहरु मुखामुख गरेर उभिएका छन। उत्तरतिर जाने देव-मार्गका दुबैतिर चारजना मन्त्रीका ढुंगाका मूर्तिहरु ठडिएका छन। ती मूर्तिहरु निकै ठूला छन र ती मिंग वंशको ढुंगे वास्तुकलाका अमूल्य निधिहरु हुन।

(图:昔日明祖陵的雄伟与壮观)

(图:明祖陵神道上的文臣武官人物石刻)

   मिंग वंशको स्याउ लिंग समाधिस्थलमा सबैभन्दा गोप्य ठाउँ श्री चु युआन चांग तथा उनकी रानीलाई संयुक्त रुपमा समाधिष्ट गरिएको भूमिगत भवन हो। सो भूमिगत भवन रहेको पाउ छंग नगर स्याउ लिंग समाधिस्थलको केन्द्र हो। पांग छंग नगरलाई एक हजार एक सय मिटर लामो अग्लो भित्ताले घेरिएको छ। थाहा भए अनुसार, श्री चु युआन चांगले आफ्नो समाधिस्थलमा चोरी हुनबाट जोगाउनका लागि तिनताका राजधानीका चारैतिर भएका तेह्रवटा ढोकामा समाधिष्ट समारोहको आयोजना गरेका थिए। ती समारोहहरुमा प्रयोग गरिएका गाडी र घोडा आदिको संख्या पनि बराबर थियो। त्यसैलै कुन ढोकामा आयोजित समाधिष्ट समारोह सक्कली हो भन्ने कुरा थाहा पाउन गाह्रो थियो। श्री चु युआन चांगलाई नान चिंगमा होइन, पेइचिंगमा समाधिष्ट गरिएको अनुमान पनि गरिएको छ। उनलाई सो स्याउ लिंगमा समाधिष्ट गरिएको थियो कि थिएन भन्ने कुरा विगत सयौं वर्षदेखि एक रहष्यकै विषय रहिआएको छ। सन 1997 देखि स्थानीय पूरातत्व विभागले उच्च प्राविधिक उपाय र परम्परागत उपायको प्रयोग गरी भूमिगत भवन वरिपरीका 20 हजार वर्गमिटर क्षेत्रफलका ठाउँहरुको सर्वेक्षण गरेका छ। अन्तमा भूमिगत भवन रहेको स्थल तथा श्री चु युआन चांगको शरीर राखिएको कफिन रहेको स्थल पत्ता लगाइएको छ। पूरातत्वविदहरुको सर्वेक्षणको नतिजा अनुसार सो भूमिगत भवन राम्ररी सुरक्षित छ र त्यसमा चोरी पनि भएको छैन।

         मिंग वंशको स्याउ लिंग समाधिस्थल र सो वंशका अन्य सम्राटहरुको समाधिस्थलहरु बीच धेरै फरक छ। जस्तो, यहाँको बाटो बंग्याएर लगिएको देखिन्छ। तर यसरी निर्माण गरिनुको कारणबारे हालसम्म पनि थाहा हुनसकेको छैन। तापनि स्याउ लिंग समाधिस्थलको बास्तु-शैलीबाट चीनको मिंग वंशका पछिका सम्राटहरुको समाधिस्थलहरुमा ठूलो प्रभाव परेको छ। स्याउ लिंग समाधिस्थल रहेको पहाडको कम्तिमा साठी प्रतिशत भाग कृत्रिम भएको कुरा पनि पूरातत्वविदहरुले फेला पारेका छन। यसमा प्रशस्त ठूला ढुंगाहरु व्यवस्थित रुपमा राम्रोसँग मिलाएर राखिएको छ। विशेषज्ञहरुले अध्ययन गरेपछि के कुरा थाहा पाउनुभएको छ भने तिनताका सो समाधिस्थलको निर्माण गर्ने मजदूरहरुले ती ठूला ढुंगाहरु तलतिरबाट पहाडमा ल्याइपुर्‍याएका थिए। यसरी यी ढुंगाहरुले त्यस समाधिस्थललाई शान्दार देखाउनुका साथै त्यस समाधिस्थललाई पानीले बगाउन वा ध्वस्त पार्नबाट पनि जोगाएका छन। स्याउ लिंग समाधिस्थलमा अर्को आश्चर्यलाग्दो कुरा पनि छः त्यसमा राखिएका ढुंगाबाट बनाइएका जनावरका मूर्तिहरुमध्ये धेरैजसो हालसम्म तीस करोड वर्षअघिका प्राचीन जनावरहरुका पूरातात्विक अवशेष हुन। स्थानीय तामा खानीमा काम गर्ने एकजना उच्च तहका इन्जिनियरले यो रहष्य पत्ता लगाएका हुन। धेरै विशेषज्ञहरुले यस भनाइप्रति सहमति जनाएका छन। ती इन्जिनियरले सो समाधिस्थलमा रहेका बाइसवटा जनावरका मूर्तिहरुमा लेउ र फोसिल आदि विभिन्न जीवावशेष फेला पारेका छन। पूरातत्व अनुसन्धानको क्षेत्रमा प्राप्त यस उपलव्धिबाट चीनको मिंग वंशका चु युआन चांग सम्राटका स्याउ लिंन समाधिस्थलमा ऐतिहासिक र कलागत मूल्यका साथै वैज्ञानिक मूल्य पनि थपिएको छ।