तु तौ भन्ने छातीमा लगाइने कपडा

             तु तौ भन्ने छातीमा लगाइने कपडालाई "मो स्योंग अर्थात् छातीलाई सुम्सुम्याउने कपडा" पनि भनिन्छ। यो चीनको परम्परागत पोशाकमध्ये छातीको रक्षा गर्ने भित्री लुगा हो। जुन प्रायजसो चौकोस र आयताकारको हुन्छ। त्यसको डिजाइन अनुसार एउटा चौकोसे वा आयताकारे कपडाको चारवटा कोण छातीको तल, माथि, देब्रे र दाहिने भागमा पर्ने गरी लगाउनुपर्दछ। माथिल्लो भागको एउटा कोणलाई दाम्रिने गरी काटेर अर्ध गोलाकार जस्तो बनाइएको छ भने तल्लोपट्टिको कोणलाई चुच्चो वा वृत्त आकारमा बनाइएको हुन्छ।

            तु तौ भन्ने छातीमा लगाइने कपडामा प्रायजसो बुट्टाहरु भरिएका हुन्छन्। यसको बनोटमा नीलो बुट्टेदार कपडा प्रचलित छ। यसमा प्रायजसो "एक पछि अर्को छोरा जन्माउने", " छि लिन नामक काल्पनिक जनावरले छोरो पुर्‍याइदिने, "प्याउनी फूलका माझ फिनिक्स उडिरहेको", र " वर्षैपिच्छे माछा अर्थात् बचत हुने— चिनियाँमा माछा र बचतको उच्चारण एउटै सुनिन्छ" जस्ता लच्छिन र मंगलमय बुट्टाहरु छापिएका छन्। वास्तवमा कारचोपी तु तौ प्रायजसो प्रयोगमा ल्याइएको देखिन्छ। कारचोपका विषय-वस्तु सामान्यतया चीनको लोक कथा र सर्वसाधारणको जिभ्रोमा झुण्डिने प्रचलित भनाईहरुमा आधारित छन्। उदाहरणका लागि लिउ हाई नामक केटो र सुनौलो भ्यागुताको कथा, आरुबखडाको रुखमा चढेका सगुन-सूचक चराहरु, पानीमा खेलिरहेका पखेवा-पखेवीहरु, कमलको फूल तथा अरु-अरु फूलहरु, घाँस र कीराहरु। यसबाट लच्छिनलाग्दा कुराहरु भेट्टाउन, भूत-पिसाचबाट जोगिन, मंगलमय र सुखमय हुन सकियोस् भन्ने उद्देश्य राखिएको छ।

             यस चित्रमा देखाइएको कारचोपी तु तौ भन्ने छातीमा लगाइने कपडा खास गरी रातो र हरियो रंगमा बनाइएको हो। कपडामा भरिएको बुट्टा कथामा आधारित छ। यसमा रहेका मानिसहरु माया लाग्दा छन, तीनमा केटा-केटीपन झल्किन्छ। साथै ती फूल र घाँसहरु निकै सादा, छरितो र मनमोहक देखिन्छन्।