पाई जातीय पोशाक

            दक्षिण-पश्चिमी चीनको युन नान प्रान्तमा बीसवटाभन्दा बढी अल्पसंख्यक जातिहरुको बसोबास छ। ती अल्पसंख्यक जातिहरु बुनाइ र कारचोपी सम्बन्धी शीप-कौशलका धनि छन्। उनीहरु रंगाउने, बुन्ने, धागो उठाउने, सिउने, चित्र कोर्ने र छाप्ने आदि तरीकाद्बारा विभिन्न किसिमका सुन्दर चित्रहरु बनाउन जान्दछन्। ती बुट्टाहरु जटिल हुन् वा सजिला, सबै स्वाभाविक र सुन्दर देखिन्छन्। युन नान प्रान्तको बुनाइ र कारचोपी कौशलको इतिहास दुइ तीन हजार वर्षजति लामो छ। आज आएर पनि त्यो निकै लोकप्रिय छ। कारचोपी फ्रक र कारचोपी रुमालका कि त त्यसको किनारामा, कि त कुनै-कुनै भागमा वा त्यो फ्रक वा रुमालभरि बुट्टाहरु भरिएका हुन्छन्।

           ता ली क्षेत्रको पाई जातीय कारचोपमा प्रायजसो फूल र घाँसका बुट्टाहरु देखिन्छन्। जस्तो कि स्कर्ट, कमरमा बाँध्ने धोती, सल, फित्ता, टोपीको डोरी र जुत्ता आदिमा धेरैजसो फूल र घाँस जस्ता वनस्पतिका बुट्टाहरु भरिएका छन्।

          यस चित्रमा देखाइएका पोशाक पाई जातिका चेली-बेटीहरुले सामान्य दिनमा लगाउने लुगाफाटाहरु हुन्। टाउकोमा सेतो गहनाले सजाइएको छ। जसको तलतिर लामा झुम्का छन्। टाउकामा रातो फिताले कपाल बाँधिएको कुराबाट यो केटी विहे नभएको भन्ने अर्थ आउँछ। यस केटीले दाहिनेपट्टि टेढो हुने गरी चाँदीको टाँक लगाइने गाढा प्याजी रंगको पोशाक लाएकी छिन् भने यसको भित्रपट्टि अगाडि टाँक लगाउने खालको फिक्का नीलो लुगा लगाएकी छन्। उनले लगाएको फ्रकको कमरनिरको भागमा मात्र सजाउन भनेर केही कारचोप गरिएको छ। सिंगो पोशाक हेर्दा सादा, सरल र छरितो देखिन्छ।