चिनियाँ माटो(नौ)

            ख्वै लोंग नामक ड्रेगन अर्थात् प्राचीन कालमा प्रचलित भनाइमा उल्लेखित एक किसिमको चामत्कारिक जनावरको बुट्टा चीनको शाँग शासनकालमा (इशापूर्व 1600देखि इशापूर्व1046) तामा र पित्तलका वस्तुहरुमा प्रायजसो देखिन्थ्यो। कहिलेकाहीं दुइवटा ख्वै लोंग नामक ड्रेगनको बुट्टाबाट एउटा थाउ थे बुट्टा बनाइएको देखिन्थ्यो। ( थाउ थे भनेको चीनको प्राचीन कालमा प्रचलित भनाइमा एक किसिमको खानामा अति लोभी खन्चुवा भयङ्कर जंगली जनावर हो। प्राचीन चीनमा तामा वा पित्तलका वस्तुहरुमा प्रायजसो त्यसको टाउकाको बुट्टा कोर्ने गरिन्थ्यो, जसलाई थाउ थे बुट्टा वा थाउ थे डिजाइन भनिन्थ्यो।) चीनको युआन वंश, मिंग वंश र छिंग वंश (तेह्रौं शताव्दीदेखि उन्नाइसौं शताव्दीसम्म) का यी तीन वंशमा सो चित्रमा देखाइएका ख्वै लोंग ड्रेगन बुट्टाका थुप्रै यस्ता प्लेटहरु पाइन्थे।

      सो चित्रमा प्रदर्शित ख्वै लोंग ड्रेगन बुट्टा भएको चिनियाँ माटोको प्लेटको पृष्ठभूमि सेतो छ। यसमा भएका नीलो रंगका बुट्टा शान्त-भावको छ। त्यो प्लेटको छेउछाउको बाहिरपट्टि र पींधमुनि दोहोरो अर्ध-गोलाकार बुट्टा कोरिएको छ भने प्लेटको केन्द्रमा एउटा ख्वै लोंग ड्रेगनको बुट्टा कोरिएको छ र प्लेटको भित्रपट्टि चारैतिर दुइवटा ख्वै लोंग ड्रेगन कोरिएका छन्, जुन आ-आफ्नो दिशाअनुसार प्लेटमा नागबेली आकारमा नाचिरहेका छन्। प्लेटको बाँकी भाग घाँस र फूलहरुले भरिपूर्ण छ, जसले कतै बाक्लो, कतै पातलो र कतै मूर्त त कतै अमूर्त भएर एक-अर्कालाई साथ दिने गरी आकर्षक बनाएका छन्।