लामो पर्खाल

          "विश्वका सातवटा चमत्कार"मध्येको एक अर्थात् चीनको लामो पर्खाल विश्वमा सबैधभन्दा लामो समयसम्म निर्माण गरिएको र प्राचीन कालको सबैभन्दा ठूलो सैनिक-प्रतिरक्षात्मक संरचना हो। त्यो शानदार पर्खाल चीनमा 7000 हजार किलोमिटरभन्दा लामो छ। सन् 1987 मा लामो पर्खाललाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। लामो पर्खालको निर्माण इशा पूर्व नौ दशकमा गरिएको थियो। त्यस बेला चीनको मध्य भागको प्रशासनले उत्तरी भागमा रहेका अल्पसंख्यक जातिहरुको प्रतिरोधका लागि सीमावर्ती क्षेत्रमा रहेका दरबार र सन्देश-बूर्जाहरुलाई पर्खालद्बारा जोडिदिएको थियो। यसबाट लामो पर्खालको निर्माण कार्यको शुरुवात भएको थियो। "छ्वन छ्यौ" र "चान को" को शासन कालमा विभिन्न देशहरु बीच समय-समयमा लडाईं भइरहेकाले ठूला देशहरुले एकले अर्काको प्रतिरोधका लागि सीमा वरिपरिका पहाडलाई जोड्ने गरी लामो पर्खालको निर्माण गरेका थिए। ईशा पूर्व 221 मा चीनका प्रथम सम्राट छिंग श ह्वांगले चीनको एकीकरण गरेर साना-साना देशहरुद्बारा बनाइएका लामो पर्खाललाई जोडेर चीनको उत्तरी भागको सीमावर्ती क्षेत्रमा सशक्त प्रतिरक्षात्मक संरचना तयार पारेका थिए। त्यस बेलाको लामो पर्खाल पाँच हजार किलोमिटरभन्दा लामो थियो। त्यसपछिका चीनका विभिन्न शासकहरुले छुट्टा-छुट्टै रुपमा लामो पर्खालको निर्माण गरेका थिए। यसैले लामो पर्खालको कूल लम्बाइ पृथ्वीको एक चक्रभन्दा बढी छ।

   हाल चर्चा गरिने लामो पर्खाल सामान्य रुपमा मिंग वंशमा निर्माण गरिएको लामो पर्खाल हो। त्यो पश्चिमी चीनको कान्सु प्रान्तको च्या यु क्वान नाकाबाट उत्तर-पूर्वी चीनको ल्याऊ निंग प्रान्तको या लु नदीको छेउसम्म फैलिएको छ। लामो पर्खालले चीनका नौवटा प्रान्त, शहर र स्वायत्त प्रदेशलाई जोडेको छ जसकी कूल लम्बाइ 7300 किलोमिटरभन्दा बढी छ। मानिसहरुले त्यसलाई "दश हजार किलोमिटर लामो पर्खाल" भन्नेगरेका छन। लामो पर्खाल प्रतिरक्षात्मक संरचनाका रुपमा रही पहाड, खोला, नदी, मरुभूमि र घाँसे मैदान हुँदैगएको छ। निर्माणमा संलग्न व्यक्तिहरुले जटिल भौगोलिक स्थितिका कारण विभिन्न क्षेत्रमा विभिन्न आकारको पर्खाल निर्माण गरेका थिए। लामो पर्खालबाट प्राचीन चीनका जनताको बुद्धि र सामर्थ्य प्रतिबिम्बित भएको छ।

           लामो पर्खालका पर्खालहरु पहाडको आकार अनुसार फैलिएका छन। पर्खाल र पहाडले एक-अर्कालाई आधार दिएका छन्। यो पर्खाल ठूला इंटद्बारा बनाइएको छ। ती इंटा माटो र टुक्रा-टुक्रा ढुङ्गाबाट बनाइएको थियो। त्यस पर्खालको उचाइ लगभग दश मिटर छ भने पर्खालमाथिको चौडाइ चार वा पाँच मिटर छ। त्यसमा जम्मा चारवटा घोडा एकैसाथ हिंडाउन सकिन्छ जसबाट सैनिकहरुलाई अन्न वा हतियार ढुवानी गर्न सजिलो हुन्छ। पर्खालका बीच-बीचमा निश्चित दूरीमा बूर्जा बनाइएका छन। ती बूर्जाहरुमध्ये केहीमा हतियार र अन्न राख्ने वा सैनिकहरुले आराम गर्ने व्यवस्था मिलाइएको छ। शत्रुको आक्रमणका बेलामा केही बूर्जाहरुमा आगो बालेर सम्बन्धित सूचना छिटोभन्दा छिटो देशभरि फैलाउने गरिन्थ्यो।

           हाल लामो पर्खालको सैनिक भूमिका नरहे तापनि त्यसको विशेषतायुक्त वास्तुले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ। लामो पर्खाल निकै शानदार, भव्य र गम्भीर देखिन्छ। टाढाबाट हेर्दा त्यसको आकार एउटा उडिरहेको ठूलो गंगा जस्ते देखिन्छ। नजिकबाट हेर्दा लामो पर्खाल एउटा अनौठो तस्वीर जस्तै छ भने पर्खाल, भवन र बूर्जाहरुमा आ-आफ्नै ठूलो निहित कला-शक्ति छ।

            लामो पर्खालको ज्यादै उच्च ऐतिहासिक अर्थ छ। साथै पर्यटनका लागि त्यसको मूल्य पनि छ। चीनमा एउटा उखान छ: लामो पर्खाल नपुगेको मान्छे बहादुर मान्छे होइन। चिनियाँ र विदेशी पर्यटकहरुले लामो पर्खाल चढ्ने कुरालाई गौरवको प्रतीक मानेका छन। पर्यटनका लागि त्यहाँ जानेहरुमध्ये चीनको भ्रमणमा आउने विदेशी नेताहरु पनि समावेश छन्। लामो पर्खालमा राम्रोसँग संरक्षित गरिएका केही भागहरु छन्, जस्तै: पैचिंगको प्रसिद्ध "पा ता लींग", "स मा थाई", "मु थेन यु", लामो पर्खालको पूर्वी भागमा अवस्थित "चीनको प्रथम नाका"अर्थात् "शान हाई क्वान"नाका र लामो पर्खालको सबैभन्दा पश्चिमी भाग अर्थात् कान्सु प्रान्तको च्या यु नाका आदि ठाउँ विश्वप्रख्यात पर्यटकील स्थल हुन। हरेक वर्षको चारै ऋतुमा लामो पर्खालको पर्यटन गर्ने पर्यटकहरुको संख्या निकै बढी छ।

            लामो पर्खालमा चीनका युगौं युगदेखिका श्रमिकहरुको बुद्धि र मिहिनेत समावेश छ। त्यो चीन राष्ट्र र चिनियाँ जनताको मूल भावनाको द्योतक पनि हो। सन् 1987मा "चिनियाँ राष्ट्रको द्योतक"को रुपमा लामो पर्खाललाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।