छिङ वंशका प्रथम सम्राटको समाधिस्थल र टेराकोटा सिपाहीहरु

          पश्चिमी चीनको सिआन शहरमा रहेको छिङ वंशका प्रथम सम्राटको समाधिस्थल विश्वका सम्राटहरुका समाधिस्थलहरुमध्ये सबैभन्दा ठूलो र विशेषखालको समाधिस्थल हो। त्यस समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरु इजिप्टको पिरामिड जत्तिकै प्रशिद्ध छन जसलाई विश्वका आठवटा आश्चर्यमध्ये एक मानिएको छ। छिङ वंशका प्रथम सम्राट चीनको सामन्ती समाजका प्रथम सम्राट थिए। उनी चीनलाई एकिकृत पार्ने प्रथम सम्राट पनि थिए। उनले मुलुकको सामाजिक, आर्थिक तथा साँस्कृतिक विकासका लागि विविध कदम चालेका थिए। यसका साथै उत्तरी भागका अल्पसंख्यक जातिको आक्रमणको प्रतिकार गर्नका लागि उनले लामो पर्खालको निर्माण गर्न लगाए। यसैले उनी चीनको इतिहासमा प्रशिद्ध राजनीतिज्ञ थिए। तर उनी निकै क्रुर थिए र उनले आफ्नो दरबार बनाउनक लागि राज्यको धेरै पैसा खर्च गरेका थिए। उनले मानिसको विचारलाई दबाउनका लागि अनेकन जन-हितविरोधी गतिविधि सञ्चालन गरेका थिए जसका कारण देशमा मानिसहरु त्रस्त थिए र छिङ वंशको शासन-व्यवस्था झन बलियो भएकोजस्तो देखिन्थ्यो। यस बाहेक उनले आफ्नो समाधिस्थल निर्माण गर्नका लागि राज्यको ठूलो रकम लगानी गरेका थिए। त्यस समाधिस्थलको निर्माणका लागि उनले देशभरिका सात लाख मानिसहरुलाई लगाएका थिए। ती मानिसहरुले झण्डै चालिस वर्ष लगाएर सो समाधिस्थलको निर्माण गरेका थिए। त्यस समाधिस्थल चीनको पल्लो सान्सी प्रान्तको सिआन शहरको कछाड क्षेत्रको लि शान पहाडमा अवस्थित छ जसको क्षेत्रफल छपन्न वर्गकिलोमिटर छ। त्यस समाधिस्थल दक्षिणदेखि उत्तरसम्म तीन सय पचास मीटर र पूर्वदेखि पश्चिमसम्म तीन सय पैतालिस मीटर छ। त्यस समाधिको उचाइ छहत्तर मीटर छ। चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलको वरिपरि पाँच सयभन्दा बढी चिहानहरु पत्ता लगाएका छन। ती चिहानहरु त्यस समाधिस्थलको निर्माण गर्ने मानिसहरुको चिहान हुन। ती पूरातत्वविदहरुले समाधिस्थलमा टेराकोटा सिपाहीहरु पनि पत्ता लगाए।

सन् 154 स्थानीय बासिन्दाहरुले एउटा इनार खन्नलाग्दा धेरै पूराना इँट र विशेषखालको माटो निस्केको थियो। पूरातत्वविदहरुले ती इँटका टुक्रा तथा माटो देख्नेबित्तिकै एउटा पत्तालागेको अनुमान गरे। त्यसपछि त्यहाँ उत्खनन गर्दा विश्व प्रख्यात टेराकोटा सिपाही देखा परे। उत्खननपछि त्यहाँ टेराकोटा सिपाहीहरु गाडिएको स्थानमा पाँच सय सिपाहीहरु, अठारवटा सैनिक वाहन र एक सयभन्दा बढि घोडा भेट्टिएका छन। ती सिपाहीका मूर्तिहरु सबै मानिसको औषत उचाइ एक दसमलब आठ मीटर छ। यी मूर्तिहरुमा छिङ वंशको उच्चस्तरीय कला प्रतिबिम्बित भएको छ। विश्वका विभिन्न मुलुकका जनतालाई टेराकोटा एकदमै मन प‌र्छ। अधिकांश विदेशी पर्यटकहरुले टाढा-टाढाबाट चीन आएर यी टेराकोटा सिपाहीको अवलोकन गर्नेगरेका छन। केही मुलुकका राष्ट्र नायकहरुले पनि चिन भ्रमणका अवधिमा टेराकोटा क्षेत्रको भ्रमण गर्ने मनसाय व्यक्त गर्नुभएको थियो। अमेरिकी भूतपूर्व राष्ट्रपति रोनाल्ड रेगनले टेराकोटा सिपाहीहरु मानव जातिको इतिहासमा महान आश्चर्य भएको भन्दै उच्च मूल्याङ्कन गर्नुभएको थियो। केही वर्षदेखियता त्यस समाधिस्थलमा पचास हजारभन्दा बढी महत्वपूर्ण ऐतिहासिक वस्तु फेला पारिएको छ। सन १९८०मा चीनका पूरातत्वविदहरुले त्यस समाधिस्थलमा फलामको घोडा-गाडी पत्ता लगाएका थिए। त्यो घोडा-गाडीको आकार वास्तविक घोडा-गाडीको आधा जति छ। त्यस समाधिस्थलमा रहेका वस्तुहरु र चीनको इतिहासमा लेखिएअनुसार छिङ वंशका प्रथम राजाको समाधिस्थलले छिङ वंशको साँच्चिकै प्रतिनिधित्व गरेका छन। छिन वंशका प्रथम राजाले आफ्नो निधनपछि पनि आफ्नो क्रुर शासन-व्यवस्था जारी रहने आशा गरेका थिए। तर उनको निधनपछिका तीन वर्षमा शुरु भएको किसान विद्रोहले छिन वंशको अन्त्य गर्‍यो। तथापि उनको समाधिस्थल भने दुइ हजार वर्षभन्दा बढी समयसम्म सुरक्षित रहेको छ। सन १९८७ मा युनेस्कोले त्यस समाधिस्थल र टेराकोटा सिपाहीहरुलाई विश्व साँस्कृतिक संपदा सूचीमा समावेश गरेको छ।