पर्यटन सम्बन्धी श्रोत-साधन बारे संक्षिप्त जानकारी

              चीनको भू-भाग निकै फराकिलो छ। त्यहाँ निकै सुन्दर र रमणीय डाँडा-काँडा अनि खोला-नाला छन। त्यसको संस्कृति शानदार र उज्ज्वल छ। बहु-जातीय चीनको फरक-फरक रितिरिवाज र परम्परा छन अनि चामत्कारिक शीप भएका मानिसहरुद्बारा बनाइएका प्रशस्त स्थानीय विशेषतायुक्त वस्तुहरु छन। तीनका विभिन्न स्थानीय विशेषतायुक्त स्वादिला खाने कुराहरु त संसारभरि नै नामी छन्। चीनमा पर्यटन व्यवसायको विकासको विशाल निहित क्षमता छ साथै यसको भविष्य उज्ज्वल छ। चीनमा आर्थिक विकास र खुलापनको नीतिले तिव्रता र गहनता पाइरहेको अवस्थामा पर्यटन व्यवसाय आर्थिक विकासको नयाँ विन्दु बनिसकेको छ। हाल चीनका विभिन्न ठाउँका सुन्दर पर्यटकीय क्षेत्रहरुको संख्यामा निरन्तर रुपमा वृद्धि हुँदैआएको छ। यस सम्बन्धी आधारभूत प्रबन्धहरुको निर्माण कार्यले निरन्तरता पाइरहेको छ। त्यसैले चीनको भ्रमणमा आउने विदेशीहरुको संख्यामा वर्षैपिच्छे वृद्धि हुँदैआएको छ।

            चीनमा पर्यटनका श्रोत-साधनहरु विविधतायुक्त छन। भौगोलिक दृश्यावलीको हकमा समुद्र सतहदेखि 155 मीटर तलको थुलुफान भञ्जाङमा पर्ने आइतिन पोखरीको पींधदेखि लिएर समुद्र सतहदेखि 8848.13 मीटर अग्लो विश्वको सर्वोच्च शिखर-- जोमोलोंगमा चुचुरोसम्म नापी हेर्दा ती दुबै बीचको अन्तर 9003 मीटर पुगेको छ जुन विश्वमै अतुलनीय कुरा हो।

            मौसम सम्बन्धी श्रोत-साधनको कुरा गर्ने हो भने चीनमा फरक-फरक मौसमी वातावरण विद्यमान रहेको देखिन्छ। खास गरी हँग तुआन शान पर्वतमाला क्षेत्रमा त झन "एउटा पहाडमा एकै दिनमा चारवटा ऋतु अनुकुलको मौसमको अनुभव गर्नसकिन्छ र हरेक पाँच किलोमीटरको दूरीमा फरक-फरक मौसमी वातावरण" पाइन्छ।

             चीन विश्व-सभ्यताका उद्गम स्थलहरुमध्येको एक हो। त्यसको इतिहास शानदार छ र संस्कृति उज्ज्वल छ। यहाँ आजसम्म सुरक्षित रहेका बहुमूल्य ऐतिहासिक अवशेष स्थल र सम्पदाहरु पर्यटनका लागि अति मूल्यावान श्रोत-साधन बन्नपुगेका छन। सन् 1949मा नयाँ चीनको स्थापना भएदेखि यता मात्र चीनका चौंतीसवटा प्रान्तीय प्रशासनिक निकायहरुमध्ये उनन्तीसवटा निकायहरुमा पूरानो पाषाण युगका अवशेषहरु भेट्टाइएका छन।

            चीनमा भएका प्रशस्त रमणीय पूरातात्त्विक स्थलहरुमध्ये छिंग वंशको टेराकोटा अर्थात् छिंग वंशका प्रथम सम्राटको चिहानमा सो सम्राटको साथमा गाडिएका माटाबाट बनाइएका सैनिकका मूर्ति र तामाका घोडा तथा बग्गीलाई विश्वको आठौं चमत्कारका रुपमा विभूषित गरिएको छ। हाल निर्माण भैसकेको टेराकोटा संग्रहालयले वर्षैपिच्छे लाखौं/करोडौं पर्यटकहरुलाई आकर्षित गर्दैआएको छ। तुन व्हाँगको मो काउ गुफाभित्रको भित्ते चित्रले विश्वको अमूल्य कलात्मक भण्डार भएको कुरा सर्वमान्य छ। एक हजार किलोमीटर लामो विश्वविख्यात पर्खाल अर्थात् ग्रेट वाल चीन आइपुग्ने हरेक व्यक्तिका लागि भ्रमणको महान दृश्यवली हो। यसका अतिरिक्त, चीनका छपन्नवटा जातिहरुको आ-आफ्नै विशेष इतिहास, संस्कृति र रितिस्थिती भएको हुँदा यसबाट विचित्र र आकर्षक मानवीय दृश्यावली तयार भएको छ।