उद्देश्यमूलक भ्रमण

            चीनको राष्ट्रिय पर्यटन ब्यूरोले चीनका पर्यटीय स्थलहरुका बारेमा विदेशमा प्रचार-प्रसार गर्नका लागि सन् 1992 देखि निरन्तर रुपमा विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दैआएको छ। यस वर्ष चीनको पर्यटनको मुख्य विषय चीनका सर्वसाधारणहरुको जीवनको अवलोकनलाई तोकिएको छ।

           आफ्नै विशेषता रहेको चिनियाँ जनताको जीवन-शैली चीनको सभ्यताको महत्वपूर्ण भाग बनिसकेको छ, र साथै पर्यटनको महत्वपूर्ण श्रोत पनि।

           चीनका सर्वसाधारण जनताको जीवन पूर्वी क्षेत्रको विशेषता हो। सर्वसाधारणको बसोबास, खान-पीन, पहिरन, मनोरन्जन, चालचलन सबैमा चीनको राम्रो मानसिक रुप अभिव्यक्त भएकोछ। चीनका सर्वसाधारणहरुको जीवनको अवलोकन भन्ने मुख्य विषय निर्धारित गर्नुको उद्देश्य चीनको समाजमा प्रवेश गरी चिनियाँ सर्वसाधारणहरुको जीवनबारे अनुभव गर्ने र चिनियाँहरुद्वारा सिर्जना गरिएको श्रेष्ठ सँस्कृतिबाट सिक्ने अवसर विदेशी पर्यटकहरुलाई प्रदान गर्नु हो।