चिनियाँ व्यञ्जन-प्रणालीको छोटकरी जानकारी

            चिनियाँ तिहुन-तरकारी पकाउने अनेकौं विविध पाक-कलाहरु छन। तीमध्येका लु(शान्तुङ), छ्वान(सछ्वान), युए(क्वाङतुङ), मिङ(फुचेन), सु(च्याङसु), च(चच्याङ), स्याङ(हुनान) र ह्वै(आनह्वै) यी आठ ठाउँको संक्षिप्त नाउँले चर्चित व्यञ्जन-प्रणालीको व्यापक प्रतिनिधित्व गरिआएका छ।

           कुनै पनि व्यञ्जन-प्रणालीको उत्पत्ति त्यसको लामो इतिहास तथा अद्वितीय विशेषतादेखि अलग्ग रहन सक्दैन। साथै त्यसमा तत्स्थानको प्राकृतिक भौगोलिक स्थिति, हावा-पानी, श्रोत-साधन एवम् विशिष्ट वस्तु र भोजन सम्बन्धी बानी-बेहोरा जस्ता पक्षबाट समेत प्रभाव पर्छ नै। कसै-कसैले मानवीय स्वभावका आधारमा उक्त आठ किसिमका नामी व्यञ्जन-प्रणालीको यसरी चित्रण गरेका छन: सु र च यी दुइवटा व्यञ्जन-प्रणाली याङत्सी नदीको दक्षिणी भेगमा सुशील स्वरुपमा देखिएकी कोमल केटी सरह छन् भने लु र ह्वै यी दुइवटा व्यञ्जन-प्रणाली उत्तरी चीनमा सादा स्वभावमा देखिएको तन्दुरुस्त जवान सरह छन्। युए र मिङ यी दुइवटा व्यञ्जन-प्रणाली आकर्षक शिष्ट कुमार सरह छन् भने छ्वान र स्याङ यी दुइवटा व्यञ्जन-प्रणाली प्रतिष्ठित ज्ञानी पण्डित सरह छन्।