चिनियाँ व्यञ्जन-प्रणालीको छोटकरी जानकारी

शान्तुङ व्यञ्जन-प्रणाली

मूलधाराः यो चिनान तथा च्याओतुङ दुइ भागका स्थानीय स्वादिष्ट

भोजनका आधारमा बनेको हो।

विशेषताः स्वाद तिख्खर हुन्छ। यसमा हरियो प्याज र लसुनको बढी प्रयोग हुन्छ। खास गरी समुद्रमा पाइने माछा र अन्य जन्तु, विभिन्न जीव-जन्तुका भित्री अवयवहरु छुट्टा-छुट्टै पकाउन र सुप पकाउन पनि निपूर्ण रहेको मानिन्छ।

नामी परिकारः तातै तेलमा पकाइने सिपीको मासु, सोयाबिनको

सोसमा समुद्री शंख र तारेको गुलियो रहू माछा। (चित्रसहित)

सछ्वान व्यञ्जन-प्रणाली

मूलधाराः यो छन-तु र छोङ-छिन गरी दुइ धाराबाट बनेको हो।

विशेषताः स्वाद विविध र तिक्खर हुनुमा यसले आफ्नो नाम कमाइएको छ।

नामी परिकारः अमिलो-गुलियो-पिरो सोसमा कुखुराको नरम मासु, भालूको

स्वादिष्ट पञ्जा, माछाको जस्तो विशिष्ट स्वादमा बंगूरको मासु,

ठूलो समुद्री माछाको पखेटा र तातो तेलमा तारेको पीरो गंगटा।

तातो तेलमा तारेको पीरो गंगटा

  च्याङ-सु व्यञ्जन-प्रणाली

मूलधाराः याङ-चौ, सु-चौ तथा नानचिनको स्थानीय परिकारका आधारमा

विकसित भएको।

विशेषताः सानो आगोमा धेरै बेरसम्म पकाउनु यसको खास

तरिका हो। स्वादिलो झोल बनाउन र साबिक रस सुरक्षित

राख्नमा बढी ध्यान दिइन्छ।

नामी परिकारः कुखुराको शूपमा भटमासको पीठोबाट बनाइएको मसिनो

चाउ-चाउ, स्फटिक जस्तो देखिएको बंगूरको तिघ्रा र शुद्ध

झोलमा गंगटा तथा बंगूरको मासुको गोला।

बंगूरको मासुको गोला

च-च्याङ व्यञ्जन-प्रणाली

मूलधाराः हान-चौ, निन-पो तथा शाओ-सिन जस्ता स्थानीय परिकारबाट

बन्न पुगेको हो। तीमध्ये हान-चौको परिकार त सबैभन्दा नामी

छ।

विशेषताः नरम र कलिलो हुनु अनि बढी चिल्लो अनुभव नहुनु।

नामी परिकारः स्थानीय लुङ-चिन चिया-पत्तिसँगै नरम झिँगेमाछा,

बाहिरबाट हिलोले बेरेर आगोमा सेकाइएको कुखुरा र सि-हु तालको अमिलो माछा।

सि-हु तालको अमिलो माछा

 

क्वाङ-तुङ व्यञ्जन-प्रणाली

मूलधाराः यसमा क्वाङ-चौ, छाओ-चौ तथा तुङ-च्याङ गरी तीनवटा धारा

छन। तर क्वाङ-चौ परिकारले यसको प्रतिनिधित्व गर्दछ।

विशेषताः तेलमा तारेर पकाउने र बढी पानी हालेर विस्तारै उमालेर

पकाउने तरिकालाई प्राथमिकता दिनु। कम नून हाल्ने र

सागपात छिटछिटै पकाउने कुरामा विशेष जोड दिइन्छ।

नामी परिकारः सर्प सम्बन्धी विशिष्ट खाना, सेकुवा बंगूर, कुभिण्डोमा

मासु तथा च्याउ र गुलियो-अमिलो सोससहित तारेको बंगूर।

हुनान व्यञ्जन-प्रणाली

मूलधाराः पिरो-टर्रो र अमिलो-पिरो जस्ता मिसिएको स्वाद यसका अनेक

परिकारमा पाइन्छ।

नामी परिकारः मिश्रीको शूपमा कमलको बियाँ र सोयाबिन सोसमा ठूलो

समुद्री माछाको पखेटा।

सोयाबिन सोसमा ठूलो समुद्री माछाको पखेटा

फु-चेन व्यञ्जन-प्रणाली

मूलधाराः फु-चौ, छियुआन चौ तथा स्या-मन आदि ठाउँका परिकारका

आधारमा विकसित भएर बनेको हो। फु-चौको परिकारले

यसको प्रतिनिधित्व गर्दछ।

विशेषताः समुद्रमा पाइने माछा तथा अन्य जलज पदार्थलाई परिकारका

मुख्य पदार्थ बनाउनु। परिकारको स्वाद र रंग दुबैमा महत्व

दिनु।

नामी परिकारः विशिष्ट अण्डासहित कुखुरा, सुन्तलाको रससहित तारेको

माछा र फरक स्वादको ठूलो झिंगेमाछा।

फरक स्वादको ठूलो झिंगेमाछा

 

आन-व्है व्यञ्जन-प्रणाली

मूलधाराः दक्षिण आन-व्है प्रान्त र याङत्सी तथा व्हाइ-ह नदी आसपासका

स्थानीय परिकार यसका मुख्य परिकार हुन्। दक्षिण आन-व्है

प्रान्तका परिकारले मुख्य प्रतिनिधित्व गर्दछन।

विशेषताः स्वाद सुधार्ने मसलाका रुपमा बंगूरको तिघ्राको सुकुटी र

मिश्रीको प्रयोग गर्नु अनि पकाउँदा आगोको राप मिलाउनमा खूब

ध्यान दिनु।

नामी परिकारः तुम्बाका आकारमा पकाइने हाँस र फु-ली बजारको कुखुरा।

फु-ली बजारको कुखुरा