च्या ये छिंग बाजा

          च्या ये छिंग बाजा कोरियाली जातिको प्राचीन बाजा हो। त्यो उत्तर-पूर्वी चीनको चि लिन प्रान्तको ये पेन् कोरियाली जातीय स्वायत्त प्रिफेक्चरमा प्रचलित छ। च्या ये छिंग बाजाको आकार चिनियाँ हान् जातिको गु चन्को जस्तै छ। गु चन बाजासित त्यसको गहिरो सम्बन्ध रहेको छ। ऐतिहासिक पत्रमा अंकित भए अनुसार, सन् पाँच सयको अघिपछि कोरियाको प्राचीन मुलुक च्या ये मुलुकका राजाले गु चनको नक्कल गरेर औंला ठड्याएर बजाउने बाजाको उत्पादन गरेका थिए। कोरियाली जातिका जनताले त्यस बाजालाई च्या ये बाजा भन्नेगरेका थिए।

          च्या ये बाजाको इतिहास एक हजार पाँच सय वर्षजति छ। प्राचीन कालमा च्या ये बाजा पूरै एउटा कच्चा काठबाट बनाइएको थियो। धेरै वर्षसम्म चलेकाले कोरियाली जातिले अन्य जातीय बाजाको श्रेष्ठतालाई भित्र्याएर अन्त्यमा जातीय विशेषतायुक्त र असल गुण भएको च्या ये बाजाको उत्पादन गरेको छ। आधुनिक च्या ये बाजाको स्वर उच्च छ र त्यसको धुन पनि राम्रो छ। कोरियाली जातिले बाजा बनाउने सामग्रीको छनौटतर्फ निकै ध्यान दिएको छ र बाजाका विभिन्न भाग भिन्ना-भिन्नै असल काठबाट बनाइएको छ।

           नयाँ चीनको स्थापनापछि च्या ये बाजामा सुधार गरिएको छ। बाजा निर्माताहरुले अठार तारे च्या ये बाजा र एक्काइस तारे च्या ये बाजाको उत्पादन पनि गरिसकेका छन। विशेष गरी एक्काइस तारे च्या ये बाजाको धुन एकदमै मिठो छ।

          च्या ये बाजाले मानिसहरुमा खुशी, क्रोध, दु:ख जस्ता विभिन्न भावनाहरुलाई अभिव्यक्त गर्नसक्छ। साथै त्यसले शान्दार र भव्य परिस्थितिको अभिव्यक्ति पनि गर्नसक्छ। त्यसबाट विशेष गरी फुर्तिलो र खुशीयाली व्यक्त गर्नेखालको तथा हल्का जातीय सङ्गीत बजाउन सकिन्छ। पहिले धेरैजसो पुरुषहरुले च्या ये बाजा बजाउने गर्दथे। यस बाजा क्रमशः कोरियाली जातिको सबैभन्दा मुख्य जातीय बाजाहरुमध्येको एक बन्ने क्रममा बढीभन्दा बढी महिलाहरुले पनि यसलाई बजाउनथालेको पाइएको छ।

          संगीत:《आ रि लान्》