सि बि ली

          सि बि लि बाजा कोरियाली जातिमा निकै लोकप्रिय स्थानीय बाजा हो। त्यो बाजा मुख्यतया चीनको चि लिन प्रान्तको येन् पेन् कोरियाली जातीय स्वायत्त प्रिफेक्चर तथा कोरियाली जातिको बसोबास रहेका अन्य क्षेत्रमा प्रचलित छ। सि बि लीको स्वर चर्को र शानदार छ। त्यस बाजासित घन कोरियाली जातिको विशेषता छ।

         सि बि लि बाजाको इतिहास धेरै लामो छ। त्यसको पुर्खा प्राचीन बि लि बाजा हो। सि बि लि बाजा फुक्ने भाग र बजाउने भागबाट गठित भएको छ। त्यसको फुक्ने भागको लम्बाइ चार सेन्टिमिटर हुन्छ र त्यसलाई लु वै नामक पानी-झारबाट बनाइएको हुन्छ। अनि बजाउने भागको लम्बाइ बीसदेखि पच्चिस सेन्टिमिटर जति हुन्छ जसको व्यास एक सेन्टिमिटर जति हुन्छ र त्यो मसिनो बाँसबाट बनाइएको हुन्छ। त्यसमा श्वर निकाल्ने सातवटा प्वाल हुन्छन र पिठ्यूँमा एउटा उच्च स्वर निकालिने प्वाल हुन्छ।

         सि बि लि फुकेर बजाइने बाजा हो। वादकले बाजालाई ठड्याउनु पर्दछ र मुखले फुक्ने भाग च्यातेर र बायाँ हातले पिठ्यूँको उच्च स्वर भएको प्वाल र अन्य तीनवटा स्वरका प्वाल थिच्नु पर्छ र दायाँ हातले चारवटा स्वरवाला प्वाललाई थिच्नुपर्छ।

         सि बि लि बाजा उच्च स्वरको, मध्यम स्वरको र दोहोरो बि लिमा विभाजित छ। परम्परागत उच्च स्वर भएको सि बि लि बाट यौटा मात्र धुन निकाल्न सकिन्छ। पछि बाजा-निर्माताहरुले त्यस बाजाको छैठौं स्वरको प्वालमा अर्को सानो प्वाल थपिदिएका छन जसले गर्दा सो बाजाको रेन्ज फराकिलो भएको छ। मध्यम स्वरको सि बि लि बाजा उच्च स्वरको सि बि लि बाजाभन्दा एक स्तर मात्र तल रहेको छ। अरु दृष्टिकोणबाट हेर्दा ती दुइवटा बाजाको क्षमता उस्तै-उस्तै हो।

          संगीत:《खतजग्गाको धुन》