खौ सेन् बाजा

         खौ सेन् बाजा चिनियाँ बाजाहरुमध्ये अलि सानो आकारको बाजा हो। यो पनि चीनको सबैभन्दा लामो इतिहास भएको अल्पसंख्यक जातीय बाजा हो। प्रचलित भनाइ अनुसार, इसा पूर्व चालिसौं शताव्दीमा मानिसहरु सङ्गीत बनाउँदा खौ सेन् बाजाको प्रयोग गर्दथे। त्यस बेला खौ सेन् बाजाको नाउँ "व्हांग" थियो।

         खौ सेन् बाजा धेरै क्षेत्रहरुमा प्रचलित छ। त्यसका प्रकारहरु पनि धेरै छन। बनाइने सामग्रीका आधारमा यसलाई बाँसबाट बनाइने र धातुबाट बनाइने गरी दुइ जातमा विभाजित गरिएको छ। अनि रीडहरुको संख्याक आधारमा पनि एउटा रीड र बहु-रीड भएको गरी दुइ प्रकारमा विभाजित गरिएको छ। त्यसपछि बजाउने तरीका भिन्ना भिन्नै भएकाले औंलाले बजाउने वा रेशमी धागाले रेटेर बजाउने गरी दुइ प्रकारका खौ सेन् बाजा छन।

          बाँसबाट बनाइने खौ सेन् बाजा साधारणतया एकदमै कडा बाँसबाट बनाइएको हुन्छ। बाँसबाट बनाइने खौ सेन् बाजाको रीडको टोप ठूलो र पातलो हुन्छ अनि बीचको भाग मोटो र साँघुरो हुन्छ। बाँसका केही च्याप्टा लामा टुक्राहरुलाई डोरीले लहरै बाँधेर जोडी बहु रीडको खौ सेन् बाजा बनाइन्छ। बहु रीड भएको खौ सेन् बाजा धेरै जसो विभिन्न स्वर भएका दुइवटादेखि पाँचवटासम्म बाँसका च्याप्टा लामा टुक्राहरुलाई जोडेर बनाइन्छ। सो बाँस-फल्याकको स्वरको उच्चता वा न्यूनता रीडको लम्बाइ वा मोटाइमा भर पर्दछ।

  धातुबाट बनाइने खौ सेन् बाजा साधारणतया तामा वा फलामबाट बनाइन्छ। सधैं देख्नपाइने यो बाजा रुखको पात आकारको र लामो आकारको हुन्छ। स्वर झन् सुस्पष्ट र चहकिलो हुनु बाहेक बाँसबाट बनाइने खौ सेन् बाजाको तुलनामा धातुबाट बनाइने खौ सेन् बाजाको आकार अलि सानो हुन्छ।

         आकार र बनाउने तरिका बाहेक खौ सेन् बाजा बनाउने कौशल पनि विशेष खालको हुन्छ। वादकले बायाँ हातका बूढी ‌औंला र चोर औंलाले बाजाको मुठलाई च्यापेर रीडलाई दुइवटा ओठका बीचमा राखेर दायाँ हातका बुढी औंला र चोर औंलाले बाजाको टुप्पामा हल्लाएर तिखो र उच्च स्वर निकालिन्छ।

         संगीत:《मेघ गर्जनको शैली》