लो बाजा

         लो बाजा ठोकेर बजाउने चीनको परम्परागत बाजा हो। लो बाजाले चिनियाँ जातीय आर्केस्ट्रामा अत्यन्तै महत्वपूर्ण स्थान लिएको छ र त्यसको उपयोगको क्षेत्र पनि धेरै व्यापक छ। जातीय आर्केस्ट्रा, स्थानीय बाजा सामूहिक रुपमा बजाउने, विभिन्न ओपेरा र नाच-गानका लागि साथ दिने क्रममा मात्र नभई कुनै-कुनै समारोह, ड्रेगन-डुङ्गा प्रतियोगिता, सिंह नाच र बमफसल महोत्सव अनि श्रमिक प्रतिस्पर्धा जस्ता कार्यक्रममा पनि त्यो बाजा अनिवार्य रुपमा चाहिन्छ।

          चीनमा ठोकेर बजाउने बाजालाई तीनको निर्माण सामग्रीका आधारमा धातुको, बाँस तथा काठको र अन्य किसिमको तीन जातमा विभाजित गरिएको छ। लो बाजा ठोकेर बजाउने धातुबाट निर्मित बाजाको समूहमा पर्दछ। लो बाजा तामाबाट बनाइएको छ। त्यसको बनौट निकै सरल छ। पूरै लो बाजा गोलो देखिन्छ। वादकले काठको घनद्बारा लो बाजाको बीचमा ठोकेर स्वर निकाल्छन।

          सबैभन्दा पहिले लो बाजाको उपयोग गर्ने जाति दक्षिण-पश्चिमी चीनमा बसोबास गर्ने अल्पसंख्यक जाति हो। इसा पूर्व दोस्रो शताव्दीमा विभिन्न जाति बीचको साँस्कृतिक आदान-प्रदान दिनप्रति दिन बढ्दैगएकाले यो लो बाजा चीनको भित्री क्षेत्रतिर फैलिंदैगएको थियो। त्यस बेला युद्धमा लो बाजाको धेरै उपयोग हुन्थ्यो। प्राचीनकालीन सैनिक अधिकारीहरुले सधैं नै लो बाजाको उपयोग गरी सेनालाई निर्देशन दिने चलन थियो। लो बाजा बजाउँदा सेना फिर्ता गर्नुपर्थ्यो।

            लामो समयदेखि उपयोग हुने क्षेत्र र स्थान भिन्ना-भिन्नै भएकाले तीस जति जातका लो बाजाको उत्पत्ति भएको थियो। ती बाजाहरुमा सबैभन्दा बढी उपयोग हुने बाजा ठूलो लो बाजा र सानो लो बाजा मात्र हुन।

            ठूलो लो बाजा विभिन्न प्रकारका लो बाजाको सबैभन्दा ठूलो प्रकार हो। त्यसको व्यास तीस सेन्टिमिटरदेखि एक सय सेन्टिमिटरसम्म हुन्छ। त्यसको विशेषता गहन र विस्तृर्ण अनि मधूर स्वर हो। ठूलो ढाँचाको आर्केस्ट्रामा ठूलो लो बाजाले उपयुक्त वातावरण सिर्जना गर्ने र सङ्गीतको ताल मिलाउने भूमिका खेल्दछ। ओपेरामा वातावरणलाई रमाइलो पार्न र कलाकारको भूमिकालाई टड्कारो पार्नका लागि पनि त्यसको उपयोग हुन्छ।

            सानो लो बाजा उच्च स्वर भएको, मध्यम स्वर भएको र तल्लो स्वर भएको गरी तीन किसिमका हुन्छन। यसको व्यास एक्काइस सेन्टिमिटरदेखि बाइस दशम्लव पाँच सेन्टिमिटरसम्म हुन्छ। सानो लो बाजा व्यापक क्षमतायुक्त बाजा हो। विशेष गरी, चिनियाँ ओपेरा, जस्तो पैचिंग ओपेरा, फिंग ओपेरा, पांग च ओपेरा र व्हा गु ओपेरा आदि स्थानीय ओपेरामा यसलाई साथ दिने बाजाका रुपमा प्रयोगमा ल्याइन्छ।

            संगीत:《जालले माछा मार्ने》