लै चन् पाङ्ग

             लै चन् पाङ्गको जन्म सन् 1916को मे महिनामा पैचिङ्गमा भएको थियो भने उनको देहान्त सन् 1997मा भएको थियो। उहाँ चल-चित्र क्षेत्रका एकजना नामी संगीतकार हुनुहुन्थ्यो। उहाँ चिनियाँ संगीतकार संघको परिषद्का सदस्य, चिनियाँ चल-चित्र गीत-संगीत संघका उपाध्यक्ष र चिनियाँ जन-राजनितिक परामर्शदात्री सम्मेलनको राष्ट्रीय समितिका सदस्य पनि हुनुहुन्थ्यो। उहाँको परीवार निकै धनी थियो। यसैले उहाँलाई सानैदेखि पैचिङ्ग ओपेरा गाउन आउँथ्यो।

            श्री लै चन् पाङ्ग सन् 1939 को जनवरीमा अध्ययनका लागि जापान जानु भयो। उहाँले टोकियोस्थित जापानी उच्च स्तरीय संगीत विद्यालयबाट स्नातक गर्नुभयो।

           सन 1943मा उहाँ स्वदेश फर्की पैचिङ्ग महिला माध्यमिक विद्यालयमा संगीतको प्रशिक्षण दिनुभयो। चीनमाथि आक्रमण गर्ने जापानी साम्राज्यवाद विरोधी युद्ध समाप्त भएपछि उहाँले पचास सदसीय अव्यवसायी सिन्फोनी टोलीको गठन गर्नुभएको थियो।

          श्री लै चन् पाङ्गले "दुख" नामक चीनको पूरानो गीतमा शंसोधन गरी खुला रुपमा प्रदर्शन गर्नुभएको थियो। यो उहाँ आफैले सिर्जना गर्नुभएको प्रथम संगीत थियो।

          सन 1949को जून महिनामा उहाँ चिनयाँ चल-चित्र क्षेत्रमा काम गर्न थाल्नुभएको थियो। उहाँ खासगरी चिनियाँ चल-चित्रका लागि धुन र गीत बनाउनु हुन्थ्यो।

           सन 1955को अप्रिलमा उहाँले छाङ्ग छुन चल-चित्र कम्पनीमा धुन बनाउने काम गर्नुभयो। तीस वर्षभन्दा बढी त्यहाँ काम गर्दा उहाँले सिर्जना गर्नुभएका चल-चित्रका संगीतको संख्या एक सयभन्दा बढी छ। उहाँका संगीतहरु अल्पसंख्यक जातीय साङ्गितिक विशेषताले भरिपूर्ण छन। यो उहाँको कलात्मक शैलीको प्रतिफल हो। उहाँले "पाँचवटी केटी", "साइली लिउ शान चे" र "आइस पहाडीमा आएको अतिथि" आदि चल-चित्रका लागि संगीत बनाउनुभएको थियो।

           सन 1960मा उहाँले चल-चित्र "साइली लिउ शान चे"का लागि बनाउनुभएको धुनले सर्वोच्च संगीतकार पुरस्कार प्राप्त गरेको थियो। सन 1964 र 1980मा उहाँले "आइस पहाडीमा आएको अतिथि" जस्ता चल-चित्रका लागि बनाएका धुनले पनि सर्वोच्च पुरस्कार प्राप्त गेका थिए।

           उहाँले बनाउनुभएका सङ्गीतका धुन दशकौंदेखि समस्त चीनभरि लोकप्रिय भैरहेका छन।

           गीतः <फूल किन यस्तो रातो छ>