नि आर

       संगीतकार नि आर (1912-1935)

        संगीतकार नि आर चीनका प्रसिद्ध कलाकार हुनुहुन्थ्यो।

        नि आरको जन्म सन् 1912 को फेब्रुअरी 14 तारिखका दिन र उहाँको देहान्त सन् 1935 मा भएको थियो। उहाँको जन्म थलो चीनको युन नान प्रान्त हो। सन् 1918 देखि उहाँले प्राथमिक विद्यालयमा अध्ययन गर्नथाल्नुभयो। त्यस अवधिमा उहाँको पढाइ एकदमै राम्रो थियो। उहाँलाई गाउन र बनाउन पनि मनपर्थ्यो। पढाइपछि फुर्सतको बेलामा उहाँ लोक संगीतकारसँग चिनियाँ लोक बाजा र परम्परागत गीत सिक्ने गर्नुहुन्थ्यो। सन्1925 मा उहाँ युनान प्रान्तको नम्बर एक संयुक्त माध्यमिक विद्यालयमा भर्ना हुनुभयो। त्यहाँ उहाँले क्रान्तिकारी साहित्यको अध्ययन गर्नपाउनुका साथै "द इन्टरनेशनल" जस्ता क्रान्तिकारी गीत पनि सुन्नपाउनु भयो जसले उहाँमा निकै असर पारेका थिए।

         सन 1927 मा उहाँ नम्बर एक शिक्षण पाठशालामा भर्ना हुनुभयो र त्यहाँ अरु साथीहरुसँगै मिलेर "99 संगीत सेवा " को स्थापना गरी त्यसैका तर्फबाट विद्यालयभित्र र बाहिर पनि संगीत र नाटक प्रदर्शन गर्नथाल्नुभयो। त्यस बेलादेखि उहाँले बेला वादन र पिआनो वादन कला पनि सिक्नथाल्नुभयो।

           सन 1930 को नभेम्बरमा श्री नि आर शाङ्गहाईमा "साम्राज्यवाद विरोधी महासंघ"मा सहभागी हुनुभयो। सन 1931को मार्च महिनामा उहाँ धेरै बाजा बजाउनसक्ने भैसक्नुभएको थियो। सन 1932को अप्रिलमा उहाँले बामपन्थी साँस्कृतिक क्षेत्रसँग सम्पर्क राखेपछि त्यसले उहाँको कलात्मक सफलतामा गम्भीर प्रभाव पार्‍यो। सन 1932को अगष्टमा उहाँले पैफिङ्गमा टोनोभ नामक एकजना विदेशी सँग बेला बजाउन सिक्नुभएको थियो।

          शाङ्गहाई फर्केपछि उहाँले लिएन व्हा चलचित्र कम्पनीमा काम गर्नुभयो। उहाँले हार्दिक र सक्रिय भावनाका साथ संगीत, नाटक र चलचित्र आदि क्षेत्रमा काम गर्नुभयो।

         सन् 1933मा श्री नि आरले जस्तो "खानी खन्ने गीत", "अखवार बेच्ने गीत"को सिर्जना गर्नुभयो। सन् 1934को अप्रिलमा उहाँले केही क्रान्तकारी गीतहरु रेकर्ड गर्नुभएको थियो। ती गीतहरुमा "नयाँ महिला", "अग्रसर भएर हिंड", "बन्दरगाहमा काम गर्ने मजदूरु", "याङ्ग सी नदीतिर", "सुनौलो नाग नाच", "तलाउको वरिपरि वसन्त आयो" आदि रहेका छन। सन् 1935मा उहाँले "मै न्यान गीत", "ग्रेट वाल बाहिरकी गाउँले केटी", "आत्म-सुरक्षा सम्बन्धी गीत" र "स्वयंसेवक-स्वयंसेविकाको मार्च" आदि गीतको सिर्जना गर्नुभएको थियो। तीमध्ये "स्वयंसेवक-स्वयंसेविकाको मार्च" नयाँ चीनको स्थापना भएपछि चीनको राष्ट्रिय गीत बनेको छ।

           सन 1935 को अप्रिल 18 तारिखका दिन श्री नि आरले टोकियोमा जापानका गीत-संगीत, नाटक र चलचित्रको विकास बारे अनुसन्धान गर्नुका साथै चिनियाँ गीत-संगीत क्षेत्रमा भएको नयाँ विकास बारे जापानको साँस्कृतिक क्षेत्रलाई जानकारी दिनुभएको थियो। उहाँले जापानमा रहँदा विदेशी भाषा र संगीतको सक्रियका साथ स्वाध्ययन गर्नुभएको थियो। दुर्भाग्यवश सोही महिनाको 17 तारिखका दिन समुद्रमा डुबेर उहाँको देहान्त भयो। त्यस बेला उहाँको उमेर 23 वर्ष मात्र थियो।

           श्री नि आरले दुइ वर्षको छोटो समयमै आठवटा चलचित्र, तीनवटा नाटक र एउटा नाट्यशालामा प्रदर्शनका लागि तयार पारिएको नाटकका लागि गरी जम्मा एकचालिसभन्दा बढी संगीत सिर्जना गर्नुभएको थियो।

           गीतः <चिनियाँ राष्ट्रिय गीत>