येन ल्यांग खुन

         श्री येन ल्यांग खुन चिनियाँ संगीतकार संघका उपाध्यक्ष एवम् चीनको केन्द्रीय सिम्फोनी आर्केस्ट्राका निर्देशक हुनुहुन्छ। उहाँको जन्म सन् 1923 मा चीनको वु हान शहरमा भएको हो। सन् 1938 मा जापानद्वारा भड्काइएको चीन विरोधी अतिक्रमणकारी युद्धकालदेखि यता उहाँ सङ्गीत निर्देशक हुनुहुन्थ्यो। सन् 1940मा उहाँले "ह्वांग ह नदी समवेत गान"को निर्देशन गर्नुभयो। सन् 1942 मा उहाँले चीनको राष्ट्रिय संगीत अध्ययन संस्थान अन्तर्गत संगीत सिर्जना सेवामा प्रवेश गर्नुभयो। सन् 1947 मा उहाँ स्नातक भएपछि हंगकंगस्थित चिनियाँ संगीत अध्ययन संस्थानमा संगीत सिर्जना तथा संगीत निर्देशनको कार्य गर्नुभयो।

          सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि श्री येन ल्यांग खुन चिनियाँ संगीत अध्ययन संस्थानका शिक्षक हुनुका साथै यस अध्ययन संस्थानका समवेत गान सञ्चालक बन्नुभयो। सन् 1954 मा उहाँले पहिलेको सोभियत संघमा अध्ययन गर्नुभयो। सन् 1958 मा स्वदेश फर्केपछि उहाँले चिनियाँ केन्द्रीय समवेत गानका सञ्चालक हुनुभयो। सन् 1959 मा चीनको राष्ट्रिय दिवसका लागि उहाँको निर्देशनमा बिथोविनको नवौं सिम्फोनी प्रदर्शन गरिएको थियो। सन् 1964मा उहाँले "पूर्वतिर रातो" शिर्षकको दश हजार जना सम्मिलित समवेत गानका प्रथम निर्देशक गर्नुभयो। सन् 1979 मा उहाँको नेतृत्वमा रहेको चीनको केन्द्रीय समवेत गान टोलीले फिलिपिन्स गई पहिलो अन्तर्राष्ट्रिय समवेत गान दिवसमा भाग लिएको थियो। सन् 1982 मा उहाँको निर्देशनमा चिनियाँ केन्द्रीय समवेत गान समूहले पश्चिमी यूरोपका ओपेरा गाएको थियो।

          उहाँले शिक्षाका क्षेत्रमा गर्नुभएको योगदानको प्रशंसा गर्न सन् 1983मा हंगेरिको कोदालि परिषद्ले श्री येन ल्यांग खुनलाई "पुरस्कृत पदक" दिएको थियो। सन् 1985 मा उहाँको नेतृत्वमा चिनियाँ केन्द्रीय समवेत गान समूहले हंगकंग गई " ह्वांग ह नदी संगीत महोत्सव" भाग लिएको थियो। त्यसपछि आमन्त्रित भएर चिनियाँ केन्द्रीय समवेत गान समूहले हंगकंगमा आयोजित "एशियाली कला महोत्सव" मा भाग लिएको थियो। सन् 1986 मा उहाँ दोश्रो "पैचिंग समवेत गान महोत्सव"मा स्थायी सदस्य तथा सङ्गीत निर्देशक टोलीका प्रमुख हुनुभयो। उहाँको निर्देशनमा चिनियाँ केन्द्रीय समवेत गान समूहले दोश्रो "पैचिंग समवेत गान महोत्सव"मा पहिलो स्थान प्राप्त गरेको थियो।

           श्री येन ल्यांग खुनको नेतृत्वमा संगीत प्रतिनिधि-मण्डलले सधैंजसो अमेरिका, दक्षिण-पूर्वी एशिया लगायतका मुलुकहरुमा प्रदर्शन गर्नेगरेको छ। उहाँ चीनको व्यावसायिक समवेत गान समूहका संस्थापकहरुमध्येका एक मात्र नभई चीनका वरिषठ निर्देशक पनि हुनुहुन्छ।

            सङ्गीत:《हंग ह नदी समवेत गान》