फंग श्यु वन

         श्री फंग श्यु वन चीनका सङ्गीत निर्देशक तथा संङ्गीतकार हुनुहुन्छ। उहाँ चीनको हु पै प्रान्तको वु हान शहरमा जन्मनु भएको थियो। उहाँ चीनको जातीय संङ्गीत क्षेत्रका वरिष्ठ व्यक्तित्व हुनुहुन्छ। उहाँ चिनियाँ प्रसारण जातीय संङ्गीत टोलीका प्रथम सङ्गीत निर्देशक हुनुहुन्छ। उहाँ चिनियाँ केन्द्रीय प्रसारण आर्केष्ट्रल संङ्गीत टोलीका संस्थापकहरुमध्येका एक हुनुहुन्छ।

          श्री फंग श्यु वनले वालककालदेखि नै दुइ-तारे चिनियाँ सारंगी तथा बीणा लगायतका अन्य सांगितिक वाद्य-साधनहरुलाई बजाउन सिक्नुभयो। सन् 1949 मा उहाँले बाणिज्य अध्ययन संस्थानबाट स्नातक गर्नुभयो। सन् 1950 मा उहाँले छुंग छिंग रेडियोमा काम गर्नुभयो।

          सन् 1952 श्री फंग श्यु वनले चिनियाँ केन्द्रीय प्रसारण जातीय संङ्गीत टोलीमा काम गर्नुभयो। एक वर्षपछि उहाँले त्यस टोलीका सङ्गीत निर्देशक एवम् संङ्गीत सर्जक बन्नुभयो।

         सन् 1957 मा मास्कोमा आयोजित छैठौं विश्व युवा सङ्गीत महोत्सवको कला प्रतियोगितामा श्री फंग श्यु वनको निर्देशनमा रहेको चिनियाँ केन्द्रीय प्रसारण जातीय संङ्गीत टोलीले उहाँबाट संशोधित तीनवटा संङ्गीत प्रदर्शन गरी स्वर्ण पदक प्राप्त गरेको थियो। ती संङ्गीतहरु चीनको जातीय आर्केष्ट्रल संङ्गीतका उत्कृष्ट नमूना बनिसकेका छन्।

         सन् 1981 मा हंगकंगको चिनियाँ संङ्गीत टोलीको निमन्त्रणामा श्री फंग श्यु वन त्यस संङ्गीत टोलीका सङ्गीत निर्देशक बन्नुभयो। सोही वर्ष उहाँ चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीका कला निर्देशक बन्नुभयो। एक वर्षपछि उहाँको निर्देशनमा त्यस संङ्गीत टोलीले हंगकंगमा प्रदर्शन गरेको थियो।

        सन् 1983 मा श्री फंग श्यु वन चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीका प्रमुख हुनुभयो। "भावना र संङ्गीत मिल्नु" श्री फंग श्यु वनको निर्देशन कलाका विशेषतामध्येको एक हो। उहाँको निर्देशनमा चिनियाँ प्रसारण कला टोली अन्तर्गत जातीय संङ्गीत टोलीले प्रदर्शन गरेका संङ्गीतहरु सन्तुलन, उचित तथा सिप लगायतका पक्षमा निकै उच्च स्तरमा पुगेका छन भने त्यो चीनको सबैभन्दा श्रेष्ठ जातीय आर्केष्ट्रल संङ्गीतको टोली बनिसकेको छ।

         श्री फंग श्यु वनले चीनको जातीय संङ्गीत कार्यमा ठूलो योगदान पुर्‍याउनुभएको छ। उहाँले संशोधन अथवा सिर्जना गर्नुभएका संङ्गीतहरुको संख्या चार/पाँच सय पुगेको छ। यसका साथै उहाँले विदेशका प्रसिद्ध संङ्गीतलाई चीनको परम्परागत सांगिकित वाद्य यन्त्रमार्फत बजाउनुभएको छ। जस्तै《होरो नाचगान》तथा 《काठ काट्ने गान》। उहाँले श्री बिथोविनको 《एथेन्सको अवशेष, मुसोरस्कीको 《चित्र प्रदर्शनी, यूरोपका आधुनिक संङ्गीत जस्तै देबुसिको 《बादल》लगायतका संङ्गीतमा संशोधन गरी ठूलो ढाँचाका जातीय आर्केष्ट्रल संङ्गीतको रुपमा तयार पार्नुभएको छ जसले गर्दा जातीय संङ्गीत टोलीको प्रदर्शन क्षमतामा अरु बृद्धि भएको छ।

         गत शताव्दीको असीको दशकपछि श्री फंग श्यु वनले कतिपय ठूला ढाँचाका जातीय संङ्गीत बनाउनुभएको छ। सन् 1996 को डिसेम्बर आठ्ठाइस तारिखका दिन रोगका कारण श्रीफंग श्यु वनको पैचिंगमा निधन भयो।

            संङ्गीत:《ल्यु फांग संङ्गीत》