ल्याउ छांग यौं

  श्री ल्याउ छांग यौं हाल विश्व ओपेरा क्षेत्रमा वरिष्ठ चिनियाँ गायकहरुमध्येका एक हुनुहुन्छ। श्री ल्याउ छांग यौंले राग गायन विशेषज्ञ चौ श्याउ येन र पुरुष उच्च श्वरमा गाउने गायक लो वैसँग सिकेर सन् 1995 मा शांगहाई संगीत अध्ययन संस्थानबाट स्नातकोत्तरको डिग्री हासिल गर्नुभएको थियो।

         हालका केही वर्षमा श्री ल्याउ छांग यौंले निरन्तर रुपमा अन्तर्राष्ट्रिय राग गायन पुरस्कार प्राप्त गर्नुभएको छ। सन् 1996देखि 1997सम्म उहाँले एक वर्षमा तीन पटक अन्तर्राष्ट्रिय राग गायन प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नुभएको थियो। विशेष गरी उहाँले दोमिनगो विश्व ओपेरा प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो। एसियाका गायकहरुले यस प्रतियोगितामा यस्तो टड्कारो उपलव्धि हासिल गर्नुभएको यो पहिलो पटक हो। विश्वका तीनजना पुरुष गायकहरुमध्येका एक दोमिनगोले उहाँको प्रशंसा गर्दै भन्नुभयो: श्री ल्याउ छांग यौं मैले देखेका सबैभन्दा श्रेष्ठ पुरुष मध्य-गायक हुनुहुन्छ। उहाँले कुशलताका साथ गाउनुभएका कारण यस प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभयो, सामान्य रुपमा यस प्रतियोगिताको प्रथम पुरस्कार यूरोपेली र अमेरिकाका गायकलाई वितरण गरिन्छ।

        हालका केही वर्षमा श्री ल्याउ छांग यौंले विश्वको विभिन्न मुलुकको भ्रमण गर्नुभएको छ। उहाँले अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलिया, बेलायत, स्वीडन, नर्वे, जर्मनी र रुस लगायतका धेरै मुलुकहरुमा विश्वका प्रसिद्ध कलाकार तथा संगीत टोलीसँगै मिलेर प्रदर्शन गर्नुभएको छ। प्रसिद्ध वाशिंटन ओपेरा थिएटरमा प्रदर्शन गर्ने पहिला चिनियाँ गायकको रुपमा श्री ल्याउ छांग यौंले दोमिनगोसँगै मिलेर ओपेरा-《कविता 》प्रदर्शन गरी त्यसमा ठूलो सफलता हासिल गर्नुभएको छ। वाशिंटन पोस्ट समाचार पत्रले उहाँको मूल्यांकन गर्दै उल्लेख गरेको छ: विश्वका वरिष्ठ गायकहरु केन्द्रीकृत भएको वाशिंटन ओपेरा थिएटरमा सबैभन्दा चम्किला तारा चीनबाट आउनुभएको ल्याउ छांग यौं हुनुहुन्छ। यी प्रतिभाशाली कलाकार विश्वको संगीत क्षेत्रमा एउटा मुल्यवान सम्पत्ति बन्ने कुरामा हामी विश्वस्त छौं।

         सन् 1998 को आरम्भमा श्री दोमिनगोको निमन्त्रणामा श्री ल्याउ छांग यौंले टोकियोमा नव वर्षको संगीत समारोहको आयोजना गर्नुभयो। त्यसपछि उहाँले न्यूयोर्कको हारनेचि संगीत कक्षमा 《मरिया स्टुआरता》भन्ने ओपेरा प्रदर्शन गर्नुभयो। 《न्यूयोर्क टाइमस》ले उहाँको प्रदर्शनको उच्च मूल्यांकन गरेको छ: यो हामीले हालका केही वर्षमा सुनेका सबैभन्दा राम्रा पुरुष मध्यम गायक हुन।

          श्री दोमिनगोलाई सबैभन्दा मन पर्ने विद्यार्थीको रुपमा श्री ल्याउ छांग यौंले उहाँको निमन्त्रणामा विश्वका विभिन्न मुलुकहरुमा प्रदर्शन गर्नुभएको छ। सन् 2001 मा श्री ल्याउ छांग यौंले श्री दोमिनगोसँग सहयोग गरी केनिदी केन्द्रमा 《होफ्मानको कथा》प्रदर्शन गर्नुभयो। सन् 2002 मा उहाँले फ्रान्सको पेरिसमा आयोजित "मिनगो विश्व ओपेरा प्रतियोगिताको दशौं वार्षिकोत्सव"मा प्रदर्शन गर्नुभयो। हाल श्री ल्याउ छांग यौं शांहाई संगीत अध्ययन संस्थानका प्राध्यापक हुनुहुन्छ।

            गीत: 《व्यस्त मान्छेले बाटो सफा गर्नु》(ओपेरा-सरबियाका बाबरबाट छानिएको)