चाङ ये

          सु श्री चाङ ये चीनकी राम्री गायिका हुनुहुन्छ। उहाँ सन् 1991 मा चिनियाँ संङ्गीत अध्ययन सं‍स्थानको भोक्यालिटी सेवाबाट स्नातक भएपछि चीनका प्रसिद्ध भोक्यालिटी प्राध्यापक चिन थे लिनबाट सिक्नुभयो। सन् 1995 मा उहाँले भोक्यालिटीमा मास्टर डिग्री हासिल गर्नुभयो। अहिले उहाँ चिनियाँ संङ्गीत अध्ययन सं‍स्थानको भोक्यालिटी सेवामा शिक्षिका हुनुहुन्छ।

         सन् 1988 मा भएको चीनका युवा गायक टेलिभिजन प्रतियोगितामा सुश्री चाङ येले तेश्रो स्थान प्राप्त गर्नुभएको थियो। सन् 1990 मा पैचिंग टेलिभिजनद्वारा आयोजित "श्रेष्ठ गीत प्रसारण कार्यक्रम"मा उहाँले "मलाई सबैभन्दा मनपर्ने गायक" पुरस्कार प्राप्त गर्नुभयो। सन् 1992 मा उहाँले चिनियाँ केन्द्रीय जन रेडियोद्वारा आयोजित "दर्शकहरुलाई मनपर्ने गायक" पुरस्कार प्राप्त गर्नुभयो। सन् 1995 मा उहाँले चिनियाँ केन्द्रीय टेलिभिजनद्वारा आयोजित वसन्त चाड रात्री समारोहमा गाउनुभएको 《सबै कुरा ठीक छ》ले श्रेष्ठ कार्यक्रम पुरस्कार प्राप्त गर्‍यो। सोही वर्ष उहाँले "स्वर्ण डिस्क" पुरस्कार प्राप्त गर्नुभयो। उहाँले गाउनुभएको 《नयाँ युगमा प्रवेश गर्नु》ले " चीनको पाँचौं एम.टी.भी. प्रतियोगिता"मा स्वर्ण पुरस्कार प्राप्त गर्‍यो।

        पढाइ तथा प्रदर्शन अवधिमा सुश्री चाङ येले टेले-नाटक 《थाङ पो हु र शन च्यु न्यांग》मा सुश्री शन च्यु न्यांगको भूमिका निर्वाह गर्नुभयो। ओपेरा《श्याउ आर हैको विवाह》मा भाग लिनुभयो। साथै उहाँले कतिपय सिनेमा, टेले-नाटकका लागि मुख्य गीत गाउनुभयो। यसका अतिरिक्त, उहाँले बेलायत, फ्रान्स, स्वीटरल्याण्ड, जर्मनी, स्वीडन, जापान तथा दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुक तथा हंगकंग एवम् मकाउ क्षेत्रमा प्रदर्शन गर्नुभएको छ।

          सुश्री चाङ ये विभिन्न शैलीको जातीय गीत गाउनसक्नु हुन्छ। उहाँको प्रदर्शन वास्तविक र शुद्ध छ। केही संङ्गीतकारहरुले उहाँलाई मुल्यांकन गर्दै भन्नुभएको छ: " उहाँको स्वर वसन्तको हावा जस्तै छ, त्यसले जमीनमाथि उडेर रंगीचंगी फूलको सुवाससँगै विश्वमा शान्ति फैलाएको छ।"

          गीत: 《नयाँ युगमा प्रवेश》