चिनियाँ जडीबुटीको आधारभूत सिद्धान्त

       चिनियाँ जडीबुटीको आधारभूत सिद्धान्त भनेको मान्छेको जीवन्त गतिविधि र रोगका विभिन्न अवस्थाको नियम बारेको सैद्धान्तिक निचोड हो। त्यो सिद्धान्तमा प्रतिरोधी शक्ति, पञ्च-तत्व, शरीरका विभिन्न अंकको अवस्था, स्नायु तन्तु सम्बन्धी विशिष्ट ज्ञान समावेश हुनुका साथै रोग लाग्नुको कारण, रोगको अवस्था, उपचार विधि, निवारण र स्वास्थ्य सुरक्षा आदि विषयहरु समावेश छन्।

      प्रतिरोधी शक्ति प्राचीन चीनको दर्शनशास्त्रको एउटा विषय हो। प्रतिरोधको अवस्थाको सर्भेक्षणमार्फत प्रतिरोधी शक्ति बीचको सम्पर्कद्बारा वस्तुको हेरफेर र परिवर्तनको व्याख्या गरिन्छ। चिनियाँ चिकित्सामा प्रतिरोधी शक्ति बीच प्रतिद्बन्द र एकीकृत सम्बन्धमार्फत मान्छेको जीउका विभिन्न अंगहरु बीचको सम्बन्धलाई प्रकाश पारिन्छ। साथै प्रतिरोधी शक्तिका माध्यमबाट मान्छेको जीउ र प्राकृतिक तथा सामाजिक लगायतका बाह्य क्षेत्रसँगको जटिल सम्बन्धको पनि व्याख्या गरिन्छ। प्रतिरोधी शक्ति बीच प्रतिद्बन्द र एकीकृत सम्बन्ध अति सन्तुलित हुनु मान्छेको जीउका हरेक अंगले सामान्य रुपमा काम गर्ने आधार हो। प्रतिरोधी शक्ति बीच असन्तुलन देखापरेमा मान्छेलाई रोग लाग्ने वा प्राणको सामान्य गतिविधिमा पनि असर पर्नसक्छ।

       चिनियाँ जडीबुटीमा अर्को शास्त्र पनि छ। त्यसलाई युन छि स्युए भनिन्छ। सो शास्त्रमा पाँच किसिमका भाग्य र छवटा मौसम छन्। यो शास्त्र प्राकृतिक जगतका अन्तरिक्ष सम्बन्धी विज्ञान, जल-वायु र मौसमको परिवर्तनबाट मानिसको स्वास्थ्यमा के कसरी असर पर्छ भन्ने विषयको अध्ययन गर्ने एउटा शास्त्र हो। पाँच किसिमका भाग्यमा काष्ठको भाग्य, आगोको भाग्य, माटोको भाग्य, सुनको भाग्य र जलको भाग्य समावेश छन्। त्यसको अर्थ प्रकृतिमा एक वर्षभित्र वसन्त, ग्रीष्म, लामो ग्रीष्म, शरद र हिउँद ऋतुको नियमित परिवर्तन हो। मौसमका छवटा तत्व भनेको एक वर्षभित्रका हावा, जाडो, गर्मी, ओसिलो, सुख्खा र आगो हुन्। सो शास्त्रको काम खगोल-विज्ञान बमोजिम वर्षभरिमा जल-वायुको परिवर्तन र त्यसका कारण रोग लाग्ने नियम बारे अनुमान गर्नु हो।