मालिस

         चिनियाँ चिकित्सकहरुले कतिपय रोगको उपचार गर्दा रोगीलाई कुनै पनि ओखती नखुवाई मालिस मात्र गर्नेगरेको गरिन्छ। मालिसबाट धेरै रोगको उपचार गर्न सकिन्छ। मालिस धेरैजसो हाड, कमर, हात, खुट्टा र घुँडा सम्बन्धी रोगको उपचारमा प्रभावकारी भएको छ। मालिस गर्दा धेरै पैसा पनि खर्च हुँदैन।

        मालिसको नियमित कार्यक्रम र प्रविधि छ। चिकित्सकहरुले मालिस गर्दा खालि बलको मात्र प्रयोग गर्नुहुँदैन, कहिलेकाहीं हल्का हातले मालिस गर्ने गर्दा पनि हुन्छ। मालिस गर्दा हात र खुट्टाको प्रयोग बाहेक मालिस गर्ने केही विशेष यन्त्रको पनि प्रयोग गर्न सकिन्छ। मालिस गर्दा कहिलेकाहीं मालिस गर्ने क्रिम, जडि-बुटीबाट बनाइएको तेल, तिलको तेल, पाउडर आदि आवश्यक पर्छ। मालिस गर्ने तरिका धेरै किसिमका छन्। कहिलेकाहीं शरीरको एक अंशको पछाडीदेखि अगाडीतिर मालिस गरिन्छ भने कहिलेकाहीं मासु वा हाडमा सिधा बल लगाइन्छ। कहिलेकाहीं एउटा औंलाले मालिस गरिन्छ। मानिसको आँखा, हात, खुट्टा र भूँडीको सुरक्षाका लागि पनि मालिस गर्नुपर्छ। निद्रा नआउने भएको अवस्थामा पनि मालिस प्रभावकारी हुनसक्छ।

   मालिसको भूमिका र प्रभाव

          मालिसद्बारा मानिसको आन्द्रा, फोक्सो, कलेजो, मुटु र मिर्गौला आदि अंगलाई सबल पार्न सकिन्छ। चिनियाँ चिकित्सकको ठहर अनुसार मानिस रोगी हुने कारण यी अंगहरुले असामान्य‌ रुपमा काम गर्नथाल्नु हो। मालिस मार्फत मानव शरीरका विभिन्न अंगहरुलाई सामान्य रुपमा काम गर्नसक्ने पारिन्छ जसबाट मानिसको शरीर स्वस्थ्य हुन्छ।

          मानिसको श्वास-प्रश्वास क्रिया र रक्त सञ्चालन कार्य सामान्य रुपमा भएको खण्डमा मानिस निरोगी हुन्छ। यदि मानिसका मुटु, फोक्सो आदि भित्री अंगको सञ्चालन राम्रोसँग हुनसकेको छैन भने मालिसको सहायताले त्यससँग सम्बन्धित समस्याको समाधान गर्न सकिन्छ।

  मानिसको छाला, मांसपेशी र हाड दुखेको खण्डमा मालिसको सहायताले तीनको पिंडा कम पार्न वा हटाउन सकिन्छ। जस्तो भनौं, मानिस लडेर हाड भाँचिएमा मालिसको सहायताले त्यसको उपचार गर्न सकिन्छ।