कोरियाली जातीय चिकित्सा

कोरियाली जातीय चिकित्साको संक्षिप्त परिचय

          कोरियाली जातीय चिकित्सा शास्त्र कोरियाली जातिको मौलिक सँस्कृतिका आधारमा हान जातीय चिकित्सा शास्त्र सम्बन्धी सिद्धान्तलाई अंगीकार गरी आफ्नै जातिको व्यावहारिक अनुभवसँग गाँसेर रोग-व्याधीको रोकथाम तथा उपचार सम्बन्धी स्वयम् विकसित परम्परागत चिकित्सा प्रणाली हो। यसलाई छोटकरीमा कोरियाली जातीय चिकित्सा भनिन्छ। प्राचीन कालदेखि नै कोरियाली जाति र हान जाति बीच मैत्रीपूर्ण आवत-जावत हुदैआएको छ। तिनको सँस्कृतितर्फ पनि एक अर्कासँग घुलमिल भएको दीर्घकानीन इतिहास छ र चिकित्सा प्रविधि पनि त्यसैमा परेको छ। कोरियाली जातीय चिकित्सकहरुले हान जातिको परम्परागत चिकित्साका ज्ञानलाई आफ्नो जातिको मौलिक सँस्कृति तथा स्थानीय ओखती-उपचारको व्यवहारसित गाँसेर उन्नाइसौं शताव्दीमा श्री ली ची माले लेख्नुभएको "पूर्वी जगतको चिकित्सा आरोग्य संग्रह" नामको पुस्तकलाई प्रतिनिधिका रुपमा राखेर सिद्धान्तदेखि औषधोपचारसम्मको आफ्नै विशेष चिकित्सा शास्त्र खडा गरेका छन। यसबाट क्रमशः आफ्नो विशेषतायुक्त "स् स्याङ्ग अर्थात् पोजेटिभ र नेगेटिभ नामक कोरियाली जातीय चिकित्सा" प्रणाली तयार भएको छ।

कोरियाली जातीय औषधीको श्रोत

       कोरियाली जातीय औषधीको श्रोतको कुरा गर्ने हो भने त्यो दुबै माध्यमबाट गठित भएको छ। जुन यस प्रकार छन्- एक हान जातीय औषधी भित्र्याउने र अर्को ग्रामीण जरी-बुटी खोतल्ने। व्यापक रुपमा हान जातीय औषधीको ज्ञानलाई अंगिकार गरेका कारण कोरियाली जातीय चिकित्साले हान जातिका प्रशस्त जरि-बुटीलाई आफ्नो जातिका बासिन्दाका रोग-व्याधीको प्रतिकार र उपचार गर्ने हतियारको रुपमा प्रयोग गर्दैआएको छ। जस्तै उदाहरणका लागि, स् स्याङ्ग अर्थात् पोजिटिभ र नेगेटिभ चिकित्साका सम्पूर्ण 271 किसिमका औषधीहरुमा हान जातिका जरि-बुटीहरुको प्रयोग गरिएको छ। "पूर्वी जगतका स् स्याङ्ग अर्थात् पोजिटिभ र नेगेटिभ चिकित्साका गोप्य प्रेस्क्रीप्शन" नामक पुस्तकमा संकलन गरिएका 1297 किसिमका प्रेस्क्रिप्शन, "हान जातीय चिकित्सा निर्देशिका"मा संकलन गरिएका 1500 भन्दा बढी प्रेस्क्रीप्शन, "पूर्वी जगतको चिकित्साको निचोड" नामक पुस्तकमा संकलन गरिएका 15 जातका 1400 भन्दा बढी जरि-बुटीहरु, "थप स्थानीय औषधी संग्रह" मा संकलन गरिएका 41 जातका 515 किसिमका औषधीहरुमा झण्डैजसो हान जातिका जरि-बुटीको मिसावट गरिएको छ।

          कोरियाली जातीय औषधीको लामो इतिहास छ। अझ विशेष गरी सन् 1949 पछि व्यापक रुपमा जातीय चिकित्सा र औषधीको खनन-दोहन, व्यवस्थापन तथा अनुसन्धान कार्य गरिंदैआएको छ। जस्तो कि कुखुराको मासुसँग बलुन फूलको जरा पकाएर खाँदा स्त्री रोगहरुमध्येको निरन्तर रक्त-श्रावको उपचार गरिन्छ। तितेपातीको पात तताएर तयार पारिएको मलम सेवनबाट स्त्री रोगमध्येको जोर्नीहरु सुनिने रोगको उपचार गरिन्छ साथै यो कलेजोका लागि पनि फाइदाजनक छ। तितुपातीका जराबाट बनाइने जाँड खाँदा बाथ रोगको उपचार हुन्छ र त्यसको भाले फूलबाट बनाइने जाँड एस्साइट्स भनिने रोगको उपचारका लागि प्रयोग गरिन्छ। यस्ता औषधीहरुले कोरियाली जातीय औषधीका अधिकांश ठाउँ ओगटेका छन्। यसका अतिरिक्त, लोक दुनियाँमा प्रचलित धेरै औषधीहरु पनि छन्। जस्तो कि पेउसेडानियम भनिने वैजनी रंगको फूल फुल्ने एक प्रकारको फूलको जराको प्रयोग गरी कपाललाई कालो बनाउने काम गरिन्छ। साथै यसबाट कमर दुख्ने रोगको पनि उपचार गरिन्छ। साल्साइटको धूलोको प्रयोग गरी चोट लागेको घाउबाट हुने रक्त-श्रावलाई रोकिन्छ।