रुपरेखा

         हुन त चीनको ठूलो पैमानाको औद्योगिकीकरणको इतिहास आधा शताब्दी मात्र लामो छ तापनि बढी जनसंख्या, विकासको गति तिव्र तथा पहिलेका केही नीतिमा मौजुद समस्याको कारणले गर्दा वातावरण र श्रोत-साधनका क्षेत्रमा कटु समस्या देखा परेको छ। दिनप्रति दिन गम्भीर हुदैआएको भू-क्षय, मरुभूमिकरणमा निरन्तर विस्तार, वन-जंगलको क्षेत्रफलमा निरन्तर कमी, प्राकृतिक वनस्पतिहरुको विनाश, जैविक विविधताको क्षय, जीव-जन्तुको जात, उप-जात लोपोन्मुख तथा गम्भिर जल-प्रदूषण र वायु प्रदूषण आदि समस्याहरु देखापरेका छन।

          गत शताब्दीको सत्तरीको दशकमा राष्ट्र संघीय वातावरण सम्मेलनको प्रेरणामा चीनको वातावरण संरक्षण शुरु भएको थियो। बीस वर्षभन्दा लामो समयसम्म विकसित हुदैआएर चीनले प्रदूषण नियन्त्रण र श्रोत-साधनको संरक्षण सम्बन्धी कानूनी प्रणाली तथा राजनीतिक प्रणालीको पूर्णता अपेक्षाकृत रुपमा निर्माण गरिसकेको छ। यस क्रममा वातावरण सम्बन्धी लगानीमा पनि क्रमशः वृद्धि हुंदैआएको देखिएको छ। यसो हुदाहुदै पनि विकसित मुलुकहरुको तुलनामा वातावरण संरक्षण सम्बन्धी चीनको नीतिमा त्यति पूर्णता देखिएको छैन। नीतिको विषयलाई लिएर भन्ने हो भने केही नीति र कदमहरु विभिन्न तहका सरकारको परम्परागत योजना र प्रशासकीय आदेशको आधारमा तय भएका हुन। धेरै क्षेत्रमा वातावरण संरक्षण सम्बन्धी सरकारका विभाग वा कार्यालयले कानूनको सञ्चालन त्यति सबल रुपमा नगरेर विभिन्न नीतिलाई व्यवहारमा उतार्ने कुराको प्रत्याभूत गरेका छैनन। यसबाट वातावरणीय गुणस्तरमा सुधार गर्नेतर्फ प्रत्यक्ष रुपमा नियन्त्रण र बन्देज लगाइएको छ। अचेल चीन सरकारले वातावरण संरक्षणलाई अरु सशक्त पार्ने रणनीति तय गरेको छ। यसले गर्दा चीनले आर्थिक तथा सामाजिक विकास तिव्र र स्वस्थ रुपमा गर्नुका साथै मानिस र प्रकृति बीचको समन्वय र एकतालाई कायमै राख्न सम्भव भएको छ।