मरुभूमिकरण

          विश्वमा मरुभूमिकरणबाट निकै हानि पुर्‍याइएका मुलुकहरु मध्ये चीन पनि एक हो। केही वर्षयता चीनले केही क्षेत्रमा हुरी-बतास र बालुवा नियन्त्रण गर्न तथा पर्यावरणको निर्माण गर्नेतर्फ टड्कारो उपलव्धि प्राप्त गरे तापनि पूर्णरुपमा बिग्रदैगएको प्रवृतिलाई प्रभावकारी रुपमा काबुमा ल्याउनसकिएको छैन साथै जमीनको उर्वरा शक्तिमा ह्रास हुंदैगएको छ। बालुवाले ढाकेको क्षेत्रफलमा निरन्तर रुपमा वृद्धि भैरहेको देखिएको छ। सन् 1999 मा सारा चीनमा मरुभूमिकरण र बालुवापन जमिनको दोस्रो अनुगमन सम्बन्धी नतीजा अनुसार चीनभरि बलौटेपन भएको जमीनको कुल क्षेत्रफल सत्र लाख चालिस हजार वर्गकिलोमिटरभन्दा बढी पुगेको छ। त्यसले चीनको कुल क्षेत्रफलको लगभग बीस प्रतिशत स्थान लिएको छ। यसका अतिरिक्त, हरेक वर्ष लगभग तीन हजार चार सय वर्गकिलोमिटरको दरले बालुवाकरण हुने क्रम जारी रहेको बताइएको छ। हालसम्म अन्दाजी सत्र करोड चिनियाँहरुको उत्पादन र जीवनमा बालुवापनले गम्भिर धम्की सिर्जना गरेको छ। किनभने बालुवापनबाट पैदा भएको प्रत्यक्ष आर्थिक नोक्सानी हरेक वर्ष 54 अरब चिनियाँ युआन् भन्दा बढी भएको बताइएको छ ।