राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक क्षेत्र

           हाल चीनमा एक सय पाँचवटा राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक उत्पादन विकास क्षेत्र स्थापित गरिएको छ। प्रान्तभन्दा उच्चस्तरीय वैज्ञानिक प्रविधि सो क्षेत्रमा उत्पादन गरिएको छ। त्यो राष्ट्रिय अर्थतन्त्रको विकासालाई अघि बढाउने एक महत्वपूर्ण शक्ति बनिसकेको छ।

          पैचिङको चौं क्वान छ्वुन वैज्ञानिक क्षेत्र र थ्येन चिन, शाङहाई, च्याङ सु, आन व्है, शान तुङ, हु पै, क्वाङ तुङ, शान सि, ता ल्यान, श्या मन, छिङ ताउ र शन चन लगायतका प्रान्त र शहर अवस्थित केही राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक उत्पादन विकास क्षेत्रमा विकासको गति तिव्र भएको, वातावरण राम्रो भएको एवम् उच्च तथा नयाँ प्राविधिक उत्पादनको निर्यातमा तिब्र गतिले वृद्धि भएको हुनाले ती शहरहरुका प्रविधि विकास क्षेत्रलाई चीनका पहिलो समूहका निर्यात अखाडा कायम गरेको छ।