विकासको रणनीति

           सन् 1987 को अक्टोबर महिनामा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको तेह्रौँ राष्ट्रिय महाधिवेशनले चीनको आधुनिक निर्माण सम्बन्धी "तीन पाइला" शिर्षकको रणनैतिक कार्यक्रम स्पष्टताका साथ अघि सारेको थियो। यसको ठोस र वास्तविक लक्ष्य यस प्रकार छ:

           पहिलो पाइलाः सन् 1981 देखि सन् 1990 सम्ममा चीनको कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा दोब्बर बृद्धि हुनुपर्ने र जनताको गास-बासको समस्याको समाधान गर्नुपर्ने। दोश्रो पाइलाः सन् 1991 देखि बीसौँ शताव्दीको अन्त्यसम्ममा कुल राष्ट्रिय गार्हस्थ उत्पादनमा फेरि दोब्बर बृद्धि गरी जनताका सम्पूर्ण आवश्यकता पुर्ति भएको सम्पन्न स्तर कायम गर्नुपर्ने। र तेश्रो पाइलाः एकाइसौँ शताव्दीको मध्यसम्ममा हरेक चिनियाँ नागरिकको सरदर कुल राष्ट्रिय गार्हस्थ उत्पादन विश्वको मध्यम विकसित मुलुकको स्तरमा पुगी जनताको जीवन अपेक्षाकृत धनी स्तरको हुनुपर्ने र आधारभूत रुपमा चीनमा आधुनिकीकरणको लक्ष्य साकार हुनुपर्ने छ।

           सन् 1997 को सेप्टेम्बर महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको पन्ध्रौँ राष्ट्रिय महाधिवेशनले फेरि उपरोक्त तीन पाइला सम्बन्धी संघर्षशील लक्ष्यलाई अरु बढी विस्तृत रुप दिएको थियो। जुन यस प्रकार छन्: एक्काइसौँ शताव्दीका पहिलो दश वर्षभित्र चीनले कुल राष्ट्रिय गार्हस्थ उत्पादन परिमाणमा सन् 2000 को तुलनामा दोब्बर बृद्धि गरेर जनतालाई झन् सम्पन्न र धनी पार्ने लक्ष्य साकार तुल्याउनुपर्ने र अपेक्षाकृत पूर्ण समाजवादी बजारमुखी अर्थतन्त्रको प्रणाली तयार पार्नसक्ने; र सन् 2012को अन्तसम्म चीनको ‌औसत ग्राहस्थ उत्पादन 519 खर्ब युआनभन्दा बढी पुगेको थियो। फेरि अर्को दश वर्षसम्मको प्रयासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई झन् विकसित तुल्याउने र विभिन्न ऐन नियमलाई झन् पूर्णता दिलाउने; सन् 2050 मा मोटामोटी रुपमा आधुनिकीकरणको लक्ष्य साकार पारी चीनलाई समृद्ध, प्रजातान्त्रिक र सभ्य समाजवादी मुलुकको रुपमा स्थापित गर्नुपर्ने।