《चाउ परीवारका टुहुरा》

          इसा पूर्व आठौंदेखि पाँचौं शताद्बीसम्म चीनमा "छुन-छ्यौ" काल अर्थात् वसन्त-शरद्काल थियो। त्यस बेला एउटा चिन् राज्य थियो। त्यस राज्यमा दुइजना शक्तिशाली अधिकारी थिए। एक जनाको नाम चाउ तुन् थियो। उनी निकै इमान्दार थिए। अर्काको नाम गु आन च्या थियव। गु आन च्या चाउ तनलाई मन पराउँदैनथे। त्यसैले उनले चाउ चनलाई मार्नखोजेको थियो।

          गु आन च्याले चिन् राज्यका राजा समक्ष चाउ तुनका बारेमा धेरै नराम्रो कुरा गरेकाले चाउ परीवारका सबै सदस्यहरुलाई मार्ने आदेश दिएका थिए। चाउ तन्की बुहारी चुआङ्ग ची राजकुमारी भएका कारण उनलाई मारिएन। उनलाई खालि झ्यालखानामा थुनिएको मात्र थियो।

          वास्तवमा राजकुमारी चुआङ्ग चीले त्यस बेला पेट बोकेकी थिइन्। र केही समयपछि उनले छोरा जन्माइन। त्यस बच्चालाई चाउ परीवारको टुहुरो भनिन्थ्यो। राजकुमारीले बच्चा ठूलो भएपछि बदला लिने आशा गरेकी थिइन। गु आङ्ग च्याले राजकुमारीले बच्चा जन्माएको खबर पाएपछि दरबारको ढोकामा सैनिक पठाएको थियो। उसले एक महिनापछि त्यस बच्चालाई मार्ने विचार गरेको थियो।

          चाउ तन्को एकजना डाक्टर साथी थियो। उसको नाम छन् यन् थियो। त्यस टुहुरालाई बचाउनका लागि डाक्टर छन् यनले राजकुमारीलाई हेर्ने नाममा दरबारमा आयो । उसले बच्चालाई औषधी राख्ने बाकसमा लुकाएर दरबारबाट बाहिर निकाल्यो। तर दरबारको द्बारमा जनरल हान च्युले डाक्टर छनको औषधीको बाकस जाँच्दा बच्चा भेट्यो। जनरल हान च्युले चाउ तुनप्रति सहानुभूति प्रदर्शन गर्दै डाक्टर छन र टुहुरालाई बाहिर निस्कन दियो। त्यसपछि आफूले आत्महत्या गर्‍यो।

  गु आङ्ग च्याले टुहुरालाई बचाइएको कुरा थाहा पाएपछि तीन दिनभित्र कुनै पनि मानिसले त्यस टुहुरालाई नबुझाएको खण्डमा चिन् देशका एक वर्षमुनिका सबै बच्चालाई मार्ने आदेश दियो। छन् यन् र चाउ तुनको एकजना राम्रो साथी थियो। उसको नाम गोङ्गसुनछुच्यु थियो। छन् यनले गोङ्गसुनछुच्युसँग छलफल गर्‍यो। ती दुइजनाको ठहर अनुसार, एकजना कुनै मान्छेले एउटा बच्चा बोकेर बाहिर गएको बेलामा गु आङ्ग च्याको पक्राउमा परेमा टुहुरा र चिन् राज्यका सबै बच्चालाई बचाउन सकिन्छ। डाक्टर छन् यनको बच्चाको उमेर र टुहुराको उमेर बराबर छ। छन यनले दु:ख सहेर भए पनि आफ्नो बच्चा गोङ्गसुनछुच्युलाई दिए। त्यसपछि उनले गु आङ्ग च्यालाई चाउ परीवारको टुहुरा गोङ्गसुनछुच्युकहाँ लुकेको झुटो कुरा सुनाए। त्यसपछि गोङ्गसुनछुच्यु र छन यनको बच्चालाई मारियो।

          गु आङ्ग च्या चाउ परीवारको टुहुरो मारिएको सोचेर निकै खुशी भयो। उसको आफ्नो छोरा नै थिएन। उसले छन यनको बच्चालाई आफ्नो छोराका रुपमा पाल्ने विचार गर्‍यो। वास्तवमा छन् यनको छोरा चाउ परीवारको टुहुरो नै थियो। तर यो कुरा तु आङ्ग च्यालाई थाहा थिएन। उ टुहुरो वच्चालाई वु शु सिकाउँथ्यो। चिन् राज्यका मानिसहरुको विचारमा डाक्टर छन् यन खराब मान्छे थिए। तीनीहरु छन् यनलाई गाली गर्थे। तर छन यनले केही पनि नभनिकन चा‌‌उ परिवारका टुहुरालाई हुर्कायो।

          पन्ध्र वर्षपछि चिन् राज्यका अर्का इमान्दार जनरल वै जिएन सिमा क्षेत्रबाट राजधानी फर्के र सबै कुरा थाहा पाएपछि रिसले डाक्टर छनलाई निकै पिट्यो। यस्तो अवस्थामा पनि छनले केही भनेन। वै जिएनले आफूलाई धेरै पिटेपछि पनि वै जिएन पनि एकजना राम्रो मान्छे भएको कुरामा विश्वास गरेको थियो छनले। केही समयपछि डाक्टर छनले आफ्नो बच्चा चाउ परीवारको टुहुराको सट्ट्मा मारिएको कुरा वै जिएनलाई बतायो। यो कुरा सुनेर वै ज्यादै प्रभावित भयो र चाउ परीवारको टुहुरालाई बदला लिन सघाउने वचन दियो।

          छन यन घर फर्केपछि तत्कालको कुरा चित्र बनाएर त्यस टुहुरालाई सुनाए। त्यस टुहुराले आफ्नो परीवारको कुरा थाहा पायो र बदला लिने प्रतिज्ञा पनि गर्‍यो।