《सेतो सर्पको कथा》

           हजारौं हजार वर्षअघि आउ मै पहाडमा दुइवटा एक हजार वर्षभन्दा जेठा सर्प थिए। तिनीहरुको रंग एउटाको सेतो र अर्काको हरियो थियो। सेतो सर्पको नाउँ पाइ शु-चन र हरियो सर्पको नाउँ सिआउ छिन् थियो। एक दिन तिनीहरु सर्पको स्वरुप बदलेर दुइवटी एकदमै सुन्दरी-केटीको रुपमा हान चाउ शहरको प्रसिद्ध रमणीय क्षेत्र सि हु भन्ने स्थानमा खेल्न गए।

           तिनीहरु सि हुमा पर्ने दुआन छिआ, अर्थात् एउटा भत्किएको पुलको छेउमा आइपुग्दा पानी पर्‍यो। तिनीहरु एउटा रुखमुनि बसिरहेको बेला एकजना सिउ सिएन नामको लोग्ने मानिस आइपुग्यो। उसको हातमा एउटा छाता थियो। त्यो मानिस आफ्ना बा-आमाको समाधिबाट फर्केको थियो। सिउ सिएनले आफ्नो छाता ती दुइवटी केटीलाई दियो र एउटा डुंगा बोलाएर तिनीहरुलाई घरमा पुर्‍याइदियो। त्यस मानिसको त्यस्तो व्यवहार देखेर सेतो सर्प पाइ शु-चनलाई त्यो मानिस सिउ सिएन मन पर्‍यो। पै शु चनले सिउ सिएनलाई छाता लिनका लागि भोलि आफ्नो घर आउन भनिन।

           दोस्रो दिन सिउ सिएन पै शु चनको घरमा आएपछि पै शु चनले उनलाई धन्यवाद दिनुका साथै सिउ सिएनको परीवारको अवस्था बारे पनि सोधिन। सिउ सिएनका बा-आमा उनि सानै हुँदा मरेका थिए। हाल उ आफ्नी दिदीको घरमा बस्छ र हाल एउटा ओखती पसलमा काम गर्छ। सिउ सिएनसँग विवाह गर्नु पाइ शु चन इच्छुक थियो। यसबाट सिउ सिएन पनि खुशी भए। सिआउ छिनको अग्रसरतामा तिनीहरुको विवाह भयो। विवाहपछि तिनीहरु आफैले एउटा ओखती पसल खोले। पाइ शु चन दिन-दिनै धेरै बिरामीको उपचार गर्थिन। यसैले स्थानीय मानिसहरुले तिनीलाई निकै मन पराए र पाइ शु चनलाई रानी पाइ भन्नथाले।

           चन् च्याङ्ग भन्ने स्थानमा एउटा चिङ्ग शान मन्दिर छ। मन्दिरमा एकजना फा हाई नामका भिक्षु थिए। उनलाई रानी पाइ एउटा हजार वर्षीय सर्प-राक्षस भएको कुरा थाहा भयो। उसको विचारमा राक्षसले अवश्य मानिसलाई मार्न खोज्छ। यसैले उसले सिउ सिएनलाई रानी पाइलाई छोड्ने सल्लाह दियो।

          एक दिन भिक्षु फाइ सिउ सिएनको घरमा आएर सिउ सिएनलाई रानी पाइ मान्छे होइन, सर्प नै हो भन्ने कुरा सुनायो। तर सिउ सिएनलाई विश्वास लागेन। यसैले फा हाईले सिउ सिएनलाई यो कुरा भन्यो: चिनियाँ पात्रो अनुसार पाचौं महिनाको पाचौं दिनमा रानी पाइलाई खनिज पदार्थ रातो हरिताल हालेको रक्सी खुवाउनु पर्छ। त्यसपछि रानी पाइ सर्पमा परिणत हुनेछ अर्थात त्यसको वास्तविक रुप देखिने छ।

          पाचौं महिनाको पाचौं दिन आयो। त्यति बेला हरेक परीवारमा मानिसहरुले रातो हरिताल हालेको रक्सी खाने चलन छ। पाइ शु चन र सिआउ छिङ्ग यी दुइवटा सर्प यस रक्सीदेखि डराउँछन। त्यसै कारण तिनीहरुले आफूहरु बिरामी भएको कुरा सिउ सिएनलाई सुनाए।

           हुन त सिउ सिएन भिक्षु फा हाइको कुरा मान्दैनथे। तर आज सबै मानिसहरु त्यो विशेष रक्सी खान्छन्। उनी पनि आफ्नी रानी पाइलाई एक कप रक्सी खुवाउन चाहन्थे। पाइ शु चनले केही उपाय नलागेर एक कप रक्सी खाएपछि साँच्चीकै नलागे पनि रक्सी लागेको जस्तो भयो भनेर पाइ खाटमा सुतीन। सिउ सिएनले एक कप चिया रानी पाइलाई खुवाउन गएको बेला पर्दा खोल्दा एउटा अति ठूलो सेतो सर्प खाटमा सुतिरहेको देख्यो। यो हेरेर सिउ सिएन अकस्मात मर्‍यो।

            सेतो सर्प व्युँझेपछि सिउ सिएन मरेको देखिन र उनलाई निकै दु:ख लाग्यो। सिउ सिएनलाई बचाउनका लागि उनी देवता बस्ने पहाडमा एक किसिमको च्याउ चोर्न गइन। किनकि त्यो च्याउ मात्र सिउ सिएनलाई बचाउनका लागि पर्याप्त थियो।

            तर त्यस बेला पाइ शु चनले पेट बोकेको सात महिना भएको थियो। पहाडको सुरक्षा गर्ने केटा-देवताले पाइ शु चनले च्याउ चोर्न खोजेको कुरा थाहा पाएपछि पाइसँग संघर्ष गर्नथाल्यो। यस क्रममा पहाडमा बस्ने देवताले पाइ शु चनले आफ्नो श्रीमानप्रति देखाएको इमानदारी र माया देखेर पाइलाई एउटा च्याउ दिए।

           पाइ शु चनले घर फर्केर सिउ सिएनलाई च्याउ खुवाएपछि सिउ सिएन बाँच्यो। आफ्ना श्रीमानको डरको भावना हटाउनका लागि पाइले आफ्नो पेटीलाई एउटा सेतो सर्पको आकारमा परिवर्तित गरेकी थिइन र त्यसलाई छानामा राख्यो। यस उपायमार्फत आफू सेतो सर्प नभएको र घरमा पहिले नै सेतो सर्प भएको कुरा प्रमाणित भयो। त्यस दम्पत्ति बीच फेरि मेलमिलाप भयो।

           फा हाइले सिउ सिएनलाई आफ्नो मन्दिरमा ठगेर बोलायो। त्यसपछि उसले सिउ सिएनलाई आफ्नो घर फर्कन दिएन। पाइ शु चन र सिआउ छिङ्ग फा हाईकहाँ गए र उसँग संघर्ष गरे। पेट बोकेका कारण पाइ शु चनको पेट दुख्यो, अनि उनी हारिन। तिनी घर फर्कंदा फेरि भत्किएको पुलमा सिउ सिएनसँगको कुरा सम्झिन र उनलाई दु:ख लाग्यो। सिआउ छिङ्गलाई सिउ सिएनले फाइ हाईको कुरा सुनेकोमा रिस उठ्यो। सिउ सिएनले पाइ सिउ सिएनलाई छोड्ने कुरा गरेको थियो।

          सानो भिक्षुको सहयोगमा चिङ्ग शान मन्दिरबाट भागेको सिउ सिउनले भत्किएको पुलमा आफ्नी श्रीमतिसँग भेट्यो। यसै बेला पाइले आफना श्रीमानलाई आफू साँच्चिकै सर्प भएको कुरा बताइन। सिउ सिएनले पाइ शु चनको आफूप्रतिको हार्दिक भावनालाई बुझ्यो र पाइ शु चन मानिस होस वा सर्प होस आफू सधै‍ पाइसँग बस्ने वचनबद्धता जाहेर गर्‍यो।

            त्यसपछि ती दम्पत्ति घर फर्के। केही महिनापछि पाइ शु चनले एउटा बच्चा जन्माइन। बच्चा जन्मेको एक महिना पुगेको दिन परीवारका सबै सदस्यहरुले खुशीयाली मनाउने बेलामा भिक्षु फा हाई फेरि आयो। उसले सिउ सिउनको कुरा नसुनेर पाइ शु चनलाई समातेर लग्यो र सि हु नामक तालको छेउमा पर्ने एउटा सानो स्तूपको मुनि थुनेर राख्यो। त्यस स्तूपको नमा लै फोन थियो।

             त्यसपछि हरियो सर्प सिआउ छिङ्ग भागेर आउ मै पहाडमा फर्क्यो। उनी धेरै मेहनत गरी आफ्नो सशस्त्र शक्ति बढाएपछि भिक्षु फा हाईलाई हराएर पाइ शु चनलाई स्तूपको मुनिबाट मुक्त गराएको थियो।