मे २१ तारिख चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पैचिङमा चीन-अफगानिस्तान-पाकिस्तान त्रिपक्षीय विदेश मन्त्रीबीचको अनौपचारिक बैठकको अध्यक्षता गर्नुभयो।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार, चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले मे २८ र २९ तारिख फुच्यान प्रान्तीय स्यामन शहरमा आयोजना हुने तेश्रो चीन–प्रशान्त टापुका विदेशमन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार, इक्वेडर गणतन्त्रका राष्ट्रपतिको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत एवम् शिक्षामन्त्री ह्वाई चिन पेङ मे २४ तारिख राजधानी क्विटोमा इक्वेडरका राष्ट्रपति नोबोआको सपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ ।
चिनियाँ कृषि तथा ग्रामीण मामिला मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, १९ तारिख संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले चीनका कानसु प्रान्तीय काउलान, सछ्वान प्राचीन नाशपाती बगैंचा प्रणाली, चच्याङ प्रान्तीय तछिङ मीठे पानी मोतीको पालन प्रणाली र फुच्यान प्रान्तीय फुतिङ ह्वाइट चिया प्रणालीलगायत तीन सम्पदा प्रणालीलाई विश्वव्यापी महत्त्वपूर्ण कृषि सांस्कृतिक सम्पदाको रूपमा मान्यता दिएको छ।