केही दिनअघि सिचाङ(तिब्बत)स्वायत् प्रदेशीय लिन्च सहरमा ब्रह्मपुत्र नदीको तल्लो भागमा जलविद्युत् परियोजनाको उद्घाटन समारोह आयोजित भयो। उक्त परियोजनाले लगभग १२ खर्ब युआनको लगानीमा ५ क्यास्केड पावर स्टेशनको निर्माण गर्नेछ।
ब्रह्मपुत्र नदीको तल्लो भेगमा जलविद्युत परियोजनाको निर्माण चीनको सार्वभौमिकता भित्र छ। त्यसको लक्ष्य स्वच्छ ऊर्जाको विकासलाई तिव्र पार्ने, स्थानीय जनताको जीवनस्तर सुधार गर्ने र जलवायु परिवर्तनको सक्रिय प्रतिक्रिया दिने हो। चीनले सीमापार नदीको विकासमा सधैँ उच्च जिम्मेवारवोध दृष्टिकोण अपनाएको छ र जलविद्युत परियोजनाको विकासमा चीनसँग समृद्ध अनुभव छ।
हालै बेइजिङमा सिचाङ अर्थात् तिब्बत स्वायत्त प्रदेशको स्थापनाको ६० औँ वर्षगाँठमा केन्द्रित एक अन्तर्राष्ट्रिय गोष्ठी आयोजना भएको छ। सो गोष्ठीमा धेरै देशका विद्वानहरूले विश्वव्यापी परिप्रेक्ष्यबाट "विश्वको छानो" मा भएका ठूला परिवर्तनहरूको विश्लेषण गरेका छन् जसबाट देशको शासन व्यवस्था सम्बन्धि ३ वटा ज्ञान देखाइएको छ।