
तिब्बतमा जल श्रोत-साधन निकै प्रशस्त छ । तथ्याँक अनुसार,सारा प्रदेशको जल-श्रोत-साधनको कुल मात्रा – भूमिगत पानीबाहेक 4 खरब 48 अरब 20 करोड घ मिटर पुगेको छ । सारा प्रदेशका जनसँख्या र खेत अनुसार हिसाब गर्दा सरदर हरेक व्यक्तिले लिनसक्ने पानीको मात्रा देश भरीको पहिलो स्थानमा रहेको छ ।
तिब्बतका हिम-नदी र भूमिगत पानी बग्ने सरदर कुल मात्रा वार्षिक 3 खरब 95 अरब 9 करोड घ मिटर छ , यो मात्रा सारा देशको कुल मात्राको 12 प्रतिशत जति पुग्दछ । तिब्बतमा सैयौँ हिमालयहरु छन् । जसबाट निकै ठूलो प्राकृतिक जल भण्डार बन्नको छ । चीनको हिम-नदी मध्ये सबैभन्दा बढी हिम-नदी भएको प्रान्त स्तरीय स्वायत प्रदेश तिब्बत हो । यहाँका हिम-नदीहरुको क्षेत्रफल 26 हजार 2 सय वर्ग किलो मिटर रहेको छ र चीनको हिम-नदीहरुको कुल क्षेत्रफलहरु मध्ये यसले आधा खण्ड ओगट्न पुगेको छ । हिम-नदीबाट बगेको पानी खेतको सिँचाई र मानिस तथा पशुहरुले खानका लागि अनुकूल भएको मात्र होइन , तिब्बतका नदी र तालहरुको महत्वपूर्ण मुहान पनि हो । तिब्बतका बिभिन्न नदीहरुबाट बग्ने पानीको प्रवाहा एक अर्कोमा निकै फरक पाइन्छन् । यारुचान्पु नदी तिब्बतको सबैभन्दा ठूलो नदी हो । यो नदीको पानीको वार्षिक सरदर बग्ने मात्रा याँसि नदी , चु नदी , है लुँग् नदी यी 3 वटा नदीपछि चीनको चौथो स्थानमा रहेको छ । तिब्बतमा साना र ठूला तालहरुको सँख्या जम्मा 1 हजार 5 सय वटा भन्दा बढी छन् । यी तालहरुको कुल क्षेत्रफल 24 हजार वर्ग किलोमिटरभन्दा बढी पुगेको छ । यो सँख्या सारा देशका तालहरुको कुल क्षेत्रफलको 3 खण्डको 1 खण्ड जति रहेको छ ।
तिब्बतमा 3 सय 56 वटा नदीहरु छन् । यीमध्ये पानी बग्ने क्षेत्रफल 10 हजार वर्ग किलोमिटरभन्दा बढी पुगेका नदीको सँख्या 20 वटाभन्दा बढी छन् र पानी बग्ने क्षेत्रफल 2 हजार वर्ग किलोमिटर भएका नदी 1 सय वटाभन्दा बढी छ । यी नदीहरुमा पानी प्रशस्त भएको र पानीको खसाई पनि ठूलो भएकोले यसमा रहेको प्राकृतिक जल शक्ति मात्रा 20 करोड 6 लाख किलोवाट भएको र सारा देशका 3 खण्डको 1 खण्ड यसले औगट्न पुगेको छ । यो मात्रा सारा देशका बिभिन्न प्रान्त र स्वायत प्रदेशहरु मध्ये पहिलो स्थानमा रहेको छ । तिब्बतमा 5 सय किलोवाट बिजुली निकाल्न सक्ने क्षमता भएका जल बिद्युत स्टेशनहरुबाट प्रयोग गर्नसक्ने जल शक्ति 5 करोड 5 लाख 93 किलोवाट छ र हरेक बर्ष बिजुली निकाल्नसक्ने क्षमता 3 खरब 30 अरब किलोवाट घण्टा पुगेकोले सारा देशको 17.1 प्रतिशतले ढाक्न पुगेको छ । यो मात्रा सारा देशमा स छुआन् र युन् नान् प्रान्तपछि तेस्रो स्थानमा रहेको छ । अहिले प्रयोग गरिसकिएको जल श्रोत साधनको कुल मात्राको 1 प्रतिशत मात्र पुगेको छ ।
तिब्बतको व्यापक कृषिक क्षेत्रमा पानी पर्ने मात्रा अपेक्षाकृत कम छ । त्यसैले सिँचाई कृषिको बिकसित हुनसक्ने आधारभूत शर्त हो । तर तिब्बतमा भएका प्रशस्त जल श्रोत-साधनले तिब्बतको कृषिको स्थिर विकासका लागि निकै राम्रो आधार तैयार पारेको छ । तिब्बतका दक्षिणी क्षेत्र र दक्षिण पूर्वी क्षेत्रमा नदीहरुको पानी प्रशस्त तथा नदीको घाट पनि ठूलो भएकोले जल श्रोत साधन निकै बढी छ ।
1 2
|