
तिब्बतमा भूमिगत खानी पनि प्रशस्त छ । अहिले तिब्बतमा पत्ता लगाइएका 70 भन्दा बढी किसिमको खानीहरु छन् । यसमा पत्ता लगाइएका खानीहरु मध्ये सर्वेक्षण गरिसकिएका खानी 26 किसिमका छन् । यीमध्येका 8 किसिमका खानीहरुको मात्रा सारा देशभर पाँचौँ स्थानमा रहेका छन् ।
सर्वेक्षण गरिसकेका खानीहरुमा ख्रोमिटे खानीको मात्रा ज्यादै प्रशस्त छ । तिब्बतमा ख्रोमिटे फलाम खानीको फैलावट क्षेत्रफल 2 हजार 5 सय वर्ग किलोमिटर पुगेको छ । यो किसिमका खानी मुख्य रुपमा तिब्बतको उत्तरी क्षेत्रको पान् कुँग् तालदेखि दक्षिणी क्षेत्रका नु नदी र यारुचान्पु नदीसम्मको क्षेत्रमा रहेको छ । त्यहाँ त्यस किसिमको खानीमा ख्रोमिटे मिश्रीत ढुँगा बढी र गुणस्तर पनि राम्रो रहेको पाइएको छ । सर्वेक्षण गरिसकिएको ख्रोमिटे फलामको मात्रा सारा देश भरमा पहिलो स्थानमा रहेको छ ।
रँगी धातु र कम पाउने धातुमा लिथियुमलाई मानिसहरुले धातुहरुमध्येको नयाँ कुलीन भन्ने नाम राखेका छन् । तिब्बतको खनिमा उत्खनन् गर्न बाँकी रहेको लिथियुमको मात्रा बिश्व भर अग्र स्थानमा रहेको छ । त्यसैले तिब्बत चीनका लिथियुम खानीका अखडाहरुमध्येको एक हो । तिब्बतमा तामा खनिको मात्रा सारा देश भर दोस्रो स्थानमा रहेको छ । तीब्बतको पूर्वी क्षेत्रमा अब्रख तामाका ४ वटा खानीको क्षेत्र पत्ता लगाइएको छ । त्यसमध्येको युइ लुँग् नामक तामा खानीमा उत्खनन गर्न बाँकी रहेको तामाको ठूलो परिमाणको मात्रा चीनमा पनि कम देख्नसकिन्छ । यी तामाका खानीमा मोलिब्डिनेम . कोब्राल्ट . वल्फराम . प्लेटिन्म . निकेल . सुन् . चाँदी . फलाम आदि १० वटाभन्दा बढी किसिम धातुहरु पनि रहेका छन् । यी धातुमध्ये धेरै किसिम धातुको मात्रा खानी मापदण्ड अनुसार देशका ठूला परिमाण रहेको वा यो मापदण्डभन्दा बढी रहेका छन् । यो तिब्बतको आर्थिक निर्माणको एउटा श्रेष्टता हो ।
तिब्बतका धातु खानीबाहेक अरु खानीमा उत्खनन् गर्न बाँकी रहेको बोरोनको मात्रा ठूलो छ र फैलाट पनि व्यापक छ । यसको सर्वेक्षण गरिसकिएको छ र यो चीनकव तेस्रो स्थानमा रहेको छ । यसबाहेक रासायनिक उद्योगमा चाहिने बरिटे. उत्खनन् गर्न बाँकी रहेको एर्शेनिकको मात्रा सारा देशको तेस्रो र चौथो स्थानमा रहेका छन् । निर्माण सामग्री उद्योगमा सधैँ प्रयोग गर्ने सिलरवरी .चिनियाँ माटोमा रहेको मात्रा सारा देशका दोस्रो र पाँचौँ स्थानमा रहेका छन् । प्रतिरक्षा र इलेक्ट्रिक उद्योगमा अवश्यनै प्रयोग गर्नुपर्ने उत्खनन् गर्न बाँकी रहेको सेतो मिका (mica) को मात्रा सारा देशको चौथो स्थानमा रहेको छ । अरु अपे क्षाकृत महत्वपूर्ण खानीहरुमा नून . प्राकृतिक सोडा . गन्धक . फोस्फोरस . पोटाशियम. कडा जेर्ड . क्रिस्टेल . स्फटिक समावेश रहेका छन् ।

1 2
|