फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेतनाथ आचार्य

बुद्धको दाँत राखिएको मन्दिर
बाँकी>>
लेख
  • चीनको कोरोना–नियन्त्रण पाठ

  • 'सुत्ने/शिथिल हुने होइन अझै जोडतोडसाथ महामारी नियन्त्रणका काम गर्दै हुपेई प्रान्त र उहान बचाउने युद्धमा विजय हासिल गर्नुपर्छ'मार्च १० तारिख चीनका राष्ट्रपति सी चिनफिङले उहान पुगेर दिएको निर्देशन हो यो।
  • किन गलहत्याइए लीलामणि ?

  • विभिन्न देशमा बदनाम नेपाली राजदूत कार्यरत रहँदा तथा कतिपय देशमा महिनांैदेखि राजदूतको स्थान खाली हुँदा पनि ध्यान दिन नसकिरहेको सरकारले हठात् पौड्याललाई राजदूतबाट हटाएपछि प्रश्न उठेको छ।
  • चिन्ता छैन चीनमा

  •  सन् २००२/३ मा भोगेको सार्स संक्रमण र त्यो नियन्त्रण गर्दाको अनुभवकै आधारमा चीनले नयाँ कोरोना भाइरसको उद्गमस्थल उहान र हुपेई प्रान्त बन्द (लक्ड) गरी क्वारेन्टाइन र सेल्फ आइसोलेसन प्रणाली सुरु गरेको हो।
  • चिनियाँ घाउमा नुनचुक

  • उल्लिखित हरफ २०७२ वैशाख १४ गते चाइना डेलीको पृष्ठ ८ मा प्रकाशित सम्पादकीयको अंश हो। विभिन्न ८ मुलुकबाट एकसाथ प्रकाशन हुने चाइना डेलीले नेपालमा विनासकारी भूकम्प गएको पर्सिपल्ट 'नेपाली जनता भूकम्पसँग जुध्नका लागि एक्ला छैनन्' शीर्षकमा सम्पादकीय छापेको थियो। चाइना डेली सन् १९८१ देखि चीन सरकारले प्रकाशन गरिरहेको चीनमा सबैभन्दा धेरै बिक्री हुने अंग्रेजी दैनिक पत्रिका हो। सोही दिन पिपुल्स डेलीले पनि 'परेका बेला साथीलाई सहयोगको खाँचो' शीर्षकमा सम्पादकीय प्रकाशन गरेका थियो।

  • चीनविरुद्ध कोरोना–भ्रम

  • नयाँ कोरोनाभाइरसको संक्रमणविरुद्ध यतिबेला चीन एक्लै युद्ध गरिरहेको छ। यो कठिन र संकटको घडीमा चीनलाई विश्वको साथ चाहिएको छ। चिनियाँ कूटनीतिज्ञहरूले मित्रताका विषयमा सधैं दुई किसिमका विचार व्यक्त गर्ने गरेका छन् — 'संकटका बेला नै असल मित्रको पहिचान हुन्छ' र 'छिमेकी नै सबैभन्दा पहिले दुःखमा साथ दिने मित्र हो।' नेपाल चीनको छिमेकी मित्र–राष्ट्र मात्र होइन, अत्यन्त प्रगाढ र घनिष्ठ सम्बन्ध भएको मुलुक पनि हो।
  • अर्थतन्त्रमा कोरोना असर

  • नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। नेपाल भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै खर्च गर्नेमा चिनियाँ नै पर्छन्। नेपाल राष्ट्र बंैकले सन् २०१० मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन्। तर अन्य देशका पर्यटकले ४३ डलर मात्र खर्च गर्छन्।

  • कोरोनासँग चीनको लडाइँ

  • चीनमा लगभग सात हजार नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। ती मध्ये हुपेई प्रान्तमा मात्र १७७ जना छन् भने कोरोना भाइरसको इपिसेन्टर उहानमा पुगनपुग सय जना छन्। उहान हुपेई प्रान्तको सदरमुकाम हो। उहानमा रहेका नेपाली विद्यार्थीमध्ये केही जाडो विदामा नेपाल गएका छन्। नेपाल गएमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसबाहेक चीनमा रहेका अथवा नेपाल गएका अन्य नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छैन। विशेष गरी उहानमा रहेका नेपाली विद्यार्थीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहे पनि मानसिक रुपमा निकै आतङ्कित बनेका छन्।
  • वसन्त चाड : चिनियाँ दशैँ

  • चीनमा दशैँ आएको छ। सडक, गल्ली, बजार, अफिस, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपटि्ट बत्ती बालिने सामग्री) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुलहरु, रातै सिँगारटारले चीन यतिबेला राताम्मे बनेको छ। नेपालमा दशैँतिहारकै झल्को दिने गरी चीनमा मनाइने वसन्त चाडमा चिनियाँहरु झुमिरहेका छन्। वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो।
  • चीनमा बढ्दै सम्बन्ध विच्छेद

  • चीनमा सन् १९५० देखि मात्र महिलालाई सम्बन्ध विच्छेदको कानुनी अधिकार प्राप्त भएको हो। कानुनी अधिकार प्राप्त गरे पनि चिनियाँ महिलाहरु सम्बन्ध विच्छेद गर्न रुचाउँदैनथ्ये। परम्परागत चिनियाँ समाजको सोचाइले गर्दा पहिलो पुस्ताका चिनियाँहरु अहिले पनि सम्बन्ध विच्छेदलाई तिरस्कार गर्छन्।
  • चिनियाँ नजरमा नेपाल

  • नेपालको उत्तरतर्फ १ हजार ४१४ किलोमिटर सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिन्छ। छिमेकी मुलुकमध्ये चीनसँग नेपालको सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ठ छ। अर्को छिमेकी भारतसँग जस्तो चीनसँग नेपालको कहिल्यै सम्बन्धमा उतारचढाव आएको छैन। मञ्जुश्री, फासियान, हुएनसान, बुद्धभद्र, पद्मसम्भव, भृकुटी, अरनिको जस्ता व्यक्तिले सुरु गरेका दुई देशबीचको सम्बन्ध एक्साइसौं शताब्दीको दुई दशक बित्दा नयाँ उचाइमा पुगेको छ।
    बाँकी>>