फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
चीनको कोरोना–नियन्त्रण पाठ
'सुत्ने/शिथिल हुने होइन अझै जोडतोडसाथ महामारी नियन्त्रणका काम गर्दै हुपेई प्रान्त र उहान बचाउने युद्धमा विजय हासिल गर्नुपर्छ'मार्च १० तारिख चीनका राष्ट्रपति सी चिनफिङले उहान पुगेर दिएको निर्देशन हो यो।
किन गलहत्याइए लीलामणि ?
विभिन्न देशमा बदनाम नेपाली राजदूत कार्यरत रहँदा तथा कतिपय देशमा महिनांैदेखि राजदूतको स्थान खाली हुँदा पनि ध्यान दिन नसकिरहेको सरकारले हठात् पौड्याललाई राजदूतबाट हटाएपछि प्रश्न उठेको छ।
चिन्ता छैन चीनमा
 सन् २००२/३ मा भोगेको सार्स संक्रमण र त्यो नियन्त्रण गर्दाको अनुभवकै आधारमा चीनले नयाँ कोरोना भाइरसको उद्गमस्थल उहान र हुपेई प्रान्त बन्द (लक्ड) गरी क्वारेन्टाइन र सेल्फ आइसोलेसन प्रणाली सुरु गरेको हो।
चिनियाँ घाउमा नुनचुक

उल्लिखित हरफ २०७२ वैशाख १४ गते चाइना डेलीको पृष्ठ ८ मा प्रकाशित सम्पादकीयको अंश हो। विभिन्न ८ मुलुकबाट एकसाथ प्रकाशन हुने चाइना डेलीले नेपालमा विनासकारी भूकम्प गएको पर्सिपल्ट 'नेपाली जनता भूकम्पसँग जुध्नका लागि एक्ला छैनन्' शीर्षकमा सम्पादकीय छापेको थियो। चाइना डेली सन् १९८१ देखि चीन सरकारले प्रकाशन गरिरहेको चीनमा सबैभन्दा धेरै बिक्री हुने अंग्रेजी दैनिक पत्रिका हो। सोही दिन पिपुल्स डेलीले पनि 'परेका बेला साथीलाई सहयोगको खाँचो' शीर्षकमा सम्पादकीय प्रकाशन गरेका थियो।

चीनविरुद्ध कोरोना–भ्रम
नयाँ कोरोनाभाइरसको संक्रमणविरुद्ध यतिबेला चीन एक्लै युद्ध गरिरहेको छ। यो कठिन र संकटको घडीमा चीनलाई विश्वको साथ चाहिएको छ। चिनियाँ कूटनीतिज्ञहरूले मित्रताका विषयमा सधैं दुई किसिमका विचार व्यक्त गर्ने गरेका छन् — 'संकटका बेला नै असल मित्रको पहिचान हुन्छ' र 'छिमेकी नै सबैभन्दा पहिले दुःखमा साथ दिने मित्र हो।' नेपाल चीनको छिमेकी मित्र–राष्ट्र मात्र होइन, अत्यन्त प्रगाढ र घनिष्ठ सम्बन्ध भएको मुलुक पनि हो।
अर्थतन्त्रमा कोरोना असर

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। नेपाल भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै खर्च गर्नेमा चिनियाँ नै पर्छन्। नेपाल राष्ट्र बंैकले सन् २०१० मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन्। तर अन्य देशका पर्यटकले ४३ डलर मात्र खर्च गर्छन्।

कोरोनासँग चीनको लडाइँ
चीनमा लगभग सात हजार नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। ती मध्ये हुपेई प्रान्तमा मात्र १७७ जना छन् भने कोरोना भाइरसको इपिसेन्टर उहानमा पुगनपुग सय जना छन्। उहान हुपेई प्रान्तको सदरमुकाम हो। उहानमा रहेका नेपाली विद्यार्थीमध्ये केही जाडो विदामा नेपाल गएका छन्। नेपाल गएमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसबाहेक चीनमा रहेका अथवा नेपाल गएका अन्य नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छैन। विशेष गरी उहानमा रहेका नेपाली विद्यार्थीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहे पनि मानसिक रुपमा निकै आतङ्कित बनेका छन्।
वसन्त चाड : चिनियाँ दशैँ
चीनमा दशैँ आएको छ। सडक, गल्ली, बजार, अफिस, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपटि्ट बत्ती बालिने सामग्री) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुलहरु, रातै सिँगारटारले चीन यतिबेला राताम्मे बनेको छ। नेपालमा दशैँतिहारकै झल्को दिने गरी चीनमा मनाइने वसन्त चाडमा चिनियाँहरु झुमिरहेका छन्। वसन्त चाड चिनियाँहरुको सबैभन्दा ठूलो पर्व हो।
चीनमा बढ्दै सम्बन्ध विच्छेद
चीनमा सन् १९५० देखि मात्र महिलालाई सम्बन्ध विच्छेदको कानुनी अधिकार प्राप्त भएको हो। कानुनी अधिकार प्राप्त गरे पनि चिनियाँ महिलाहरु सम्बन्ध विच्छेद गर्न रुचाउँदैनथ्ये। परम्परागत चिनियाँ समाजको सोचाइले गर्दा पहिलो पुस्ताका चिनियाँहरु अहिले पनि सम्बन्ध विच्छेदलाई तिरस्कार गर्छन्।
चिनियाँ नजरमा नेपाल
नेपालको उत्तरतर्फ १ हजार ४१४ किलोमिटर सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिन्छ। छिमेकी मुलुकमध्ये चीनसँग नेपालको सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ठ छ। अर्को छिमेकी भारतसँग जस्तो चीनसँग नेपालको कहिल्यै सम्बन्धमा उतारचढाव आएको छैन। मञ्जुश्री, फासियान, हुएनसान, बुद्धभद्र, पद्मसम्भव, भृकुटी, अरनिको जस्ता व्यक्तिले सुरु गरेका दुई देशबीचको सम्बन्ध एक्साइसौं शताब्दीको दुई दशक बित्दा नयाँ उचाइमा पुगेको छ।
नयाँ वर्षमा सीको सन्देश
जनताका पीडा र दुःख बुझ्ने व्यक्ति मात्र नेता हुन्छ भन्ने चिनियाँ भनाइ छ। नेपालमा संघीयताको कार्यान्वयसँगै स्थानीय तहले लागू गरेका जथाभावी करले जनतालाई दिक्क बनाएको छ। चीनमा पनि कर बढी भयो भन्ने जनगुनासो सरकारले सुनेको छ। सन् २०१९ मार्चमा राष्ट्रिय जनकंग्रेसले पारित गरेको कर कटौती ऐनअनुसार चीनले सन् २०१९ मा मात्र २० खर्ब चिनियाँ युआनभन्दा बढी कर कटौती गरेको छ। कर लाग्ने व्यक्तिगत आयको न्यूनतम मापदण्ड पनि बढाएको छ।
माओको मान्यता

लामो समय चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका माओ चतुङको १९७६ सेप्टेम्बर ९ मा देहान्त भयो। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष पद हटायो र महासचिवलाई पार्टीको सर्वाधिक शक्तिशाली बनायो। अध्यक्ष पद सदाका लागि माओलाई नै अर्पण गरियो। अहिले पनि माओलाई सम्मानसाथ 'चेयरम्यान माओ' भनेर सम्बोधन गरिन्छ।

मकाउ समृद्धिको शिक्षा

चीनको दक्षिण रहेको सानो र सुन्दर टापु नै मकाउ हो। यसको क्षेत्रफल पहिले ३२.९ वर्गकिलोमिटर थियो। तर चीनले सन् २०१५ मा यसको क्षेत्र विस्तार गरेर ८५ वर्ग किलोमिटर बनाएको छ। जहाँको जनसंख्या ६ लाख ६७ हजार ४ सय छ। यो विश्वकै अत्यधिक जनघनत्व भएको क्षेत्र पनि हो। प्रतिवर्ग किलोमिटर क्षेत्रमा २१ हजार ३ सय ४० मानिस बसोबास गर्ने मकाउमा ८८ प्रतिशतभन्दा बढी हान जातिका चिनियाँ छन्।

अमेरिकाप्रति चीनको आपत्ति
सिनच्याङको धार्मिक तथा मानव अधिकारसम्बन्धी मुद्दामा अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप छ। सन् १९९० देखि २०१६ सम्ममा हजारभन्दा बढी पटक आतंकवादी आक्रमण भोगेको आफ्नो प्रदेश सिनच्याङमा शान्ति तथा स्थिरताका लागि चीनले व्यावसायिक शिक्षा प्रणाली लागू गरेको छ। बेरोजगार युवालाई आवास सुविधासहित दिइएको व्यावसायिक शिक्षाले सीप विकास गरी स्वरोजगार बन्न सहयोग पु¥याएको छ।
के सिक्ने चीनबाट ?
चीनले नेपालबाट चार प्रकारका व्यक्तिलाई तालिम, प्रशिक्षण, अवलोकन तथा अन्तरक्रियाका नाममा चीन भ्रमण गराइरहेको छ। जसअन्तर्गत पहिलो श्रेणीमा नेपालका राजनीतिक दलका नेता/कार्यकर्ता छन्। त्यसमा पनि विशेषगरी पूर्वएमाले र पूर्वमाओवादी दलका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिइएको छ। यदाकदा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि चीनले भ्रमणमा बोलाउने गरेको छ।
नेपाल भ्रमण वर्षको आधार
नेपालमा पनि चिनियाँ पर्यटक नै सबैभन्दा धेरै खर्च गर्नेमा पर्छन्। सन् २०१० मा नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन्। अन्य देशका पर्यटकले भने ४३ डलर मात्र खर्च गर्ने गरेको तथ्यांकमा उल्लेख छ।
किन कडा बोल्छन् चिनिया राष्ट्रपति ?
अमेरिकाले चीनलाई अप्ठ्यारो बनाउने र चीनलाई आघात पुर्‍याउने कार्यका लागि चीनका छिमेकी मुलुकहरूलाई प्रयोग गर्दै आएको छ। दक्षिण कोरियामा स्थापित मिसायल प्रतिरक्षा प्रणाली 'थाड' चीन लक्षित हो भनेर चीनले बारम्बार भन्दै आएको छ। अमेरिकाले औपचारिकरूपमा चीनकै भूभाग मानेको ताइवानलाई हतियार बेचेर चीनलाई अस्थिर बनाउन खोजेको छ। दक्षिण चीन सागरमा अमेरिकी युद्धपोत जहाजहरू बारम्बार चिनिया अधीन क्षेत्रभित्र प्रवेश गर्ने गरेका छन्। तिब्बत र सीनचियाङलाई अस्थिर बनाउन पनि अमेरिका दिन/रात लागेको छ।
बिआरआई कि आइपिएस ?
नेपालका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले नेपाल आइपिएसमा सहभागी नहुने, तर एमसिसीको सहयोग ग्रहण गर्ने भन्दै एमसिसीसँग आइपिएसको कुनै सम्बन्ध नरहेको तर्क गरिरहेका छन्। यथार्थ कुराचाहिँ एमसिसी आइपिएसकै एक अंश हो। नेपालमा यसलाई प्रवेश गराउनुको मुख्य उद्देश्य चीनले अगाडि सारेको 'बिआरआई'लाई अवरोध गर्नु हो।
पर्खाल भत्काउने चीनको उद्घोष

खुलापन नै वर्तमान चीनको प्रतीक हो भन्दै चीनले अब पर्खाल बनाउने होइन पर्खाल भत्काउने उद्घोष पनि गरे। अमेरिकाले अवलम्बन गरेको व्यापारिक संरक्षणवाद र सिन्डिकेटका विरुद्ध चीनले दरिलो अडान लिने पनि उनले बताए। व्यापारिक संरक्षणवाद र एकपक्षीयवाद बढ्दै गएर विश्वको भूमण्डलीकरणका सामु चुनौती देखापरेको र विश्व अर्थतन्त्रको विकासका बाधासँग अन्तर्राष्ट्रिय समाज जुधिरहेको भन्दै अमेरिकालाई चुनौती पनि दिएका छन्। चीनको विकासलाई रोक्ने अमेरिकी नीतिप्रति कटाक्ष गर्दै उनले भने– बाढी र चट्टानसँग पौँठेजोरी खेल्दै बग्ने नदीलाई कुनै पनि शक्तिले रोक्न सक्दैन।

'इन्डो–प्यासिफिकमा सहभागी हुनु हुँदैन'
यो भ्रमण क्रममा चीनले नेपाललाई उच्च प्राथिमिकता दिएको देखिन्छ। त्यसको पहिलो कारण– नेपालको विकास घनिष्ठ रूपमा तिब्बतको विकाससँग जोडिनु हो। दोस्रो कारण– बिआरआई निर्माणमा चीन र दक्षिण एसियाका लागि नेपालको भूमिका धेरै महŒवपूर्ण छ। तेस्रो कारण– चीन–अमेरिका सम्बन्धमा पनि नेपालले सन्तुलित भूमिका निर्वाह गर्न सक्छ। विशेषगरी अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) लाई सन्तुलित बनाउन नेपालले रचनात्मक भूमिका खेल्न सक्छ।
सीका दुई सन्देश

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका बेला सत्तारूढ दल नेकपालाई मूलतः दुईवटा सन्देश दिएका छन्। पहिलो सन्देश– पार्टी एकता चाँडै पूरा गर, दोस्रो सन्देश– जनतालाई खुसी राख। नेपालमा बहुमतको सरकार बनेपछि जनताका अपेक्षा बढेका छन्, तरत्यसको तुलनामा सरकारका उपलब्धि शून्यप्रायः छ। त्यसैले जनताका इच्छा बुझेर काम गर्न चीनका राष्ट्रपति सीले नेपाली नेतालाई सुझाव दिएका हुन्। नेकपाको एकीकरण मुद्दालाई चीनले सबैभन्दा बढी ध्यान दिएर हेरेको छ। चिनियाँ बुद्धिजीवीयसलाई नेपालको आन्तरिक मामिला भनेर औपचारिक रूपमा यसबारे खासै टिप्पणी गर्दैनन्।

सी भ्रमणपछिको नेपाल

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै छ। यो सफल बनाउने मुख्य आधार भनेकै चिनियाँ पर्यटक हुन्। चिनियिाँ राष्ट्रपति सीको भ्रमणले अब नेपाल घुम्न जाने चिनियाँ पर्यटकको संख्या उल्लेख्य बढ्ने निश्चित छ। चीनका नेताले जता फर्किएर हाच्छिउँ गर्छन्, त्यहाँका नागरिक त्यतै फर्किन्छन् भन्ने मान्यता छ। सीले गरेको नेपाल भ्रमणले चीनमा नेपालको प्रभाव राम्रो परेको छ। बेइजिङमा गुड्ने भूमिगत रेलका डिब्बामा राखिएका डिजिटल डिस्प्लेहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएका भेटका फोटो र भिडियो राखिएका थिए। चिनियिाँ सञ्चारमाध्यमले पनि प्राथमिकतासाथ नेपालसम्बन्धी सामग्री सम्प्रेषण गरेका थिए।

सी विचारको सार

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएसँगै सीले अगाडि सारेका सपनाले चीनमा जागरण ल्यायो। सपना देखाएर १ अर्ब ४० करोड चिनियाँलाई राष्ट्र निर्माणमा लगाउन सफल सीले छोटो समयमै गरिबी निवारण गर्र्दै चीनको स्थिर आर्थिक विकास गराएका छन्। सीले चीनको आन्तरिक विकास मात्र गराएनन्, बिआरआइमार्फत सम्पूर्ण विकासोन्मुख मुलुकको पनि विकास गराउने नीति अगाडि सारे। आफ्नो विकाससँगै छिमेकी मुलुकको विकास र समृद्धि चाहेका कारण सी अन्तर्राष्ट्रिय जगत्मा पनि लोकप्रिय हुन थाले। फलस्वरूप सी विचारधारा चीन बाहिर पनि चासोको विषय बन्यो।

आफ्नो विकास प्रदर्शन गर्दै चीन

आगामी मंगलबार आयोजना हुने राष्ट्रिय दिवसलाई मुख्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै छन्। सीको सम्बोधनपछि सैनिक परेडको प्रदर्शन हुनेछ भने बेलुका सांगीतिक गाला प्रस्तुत हुनेछ। परेडमा १ लाख जना सहभागी हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै सांगीतिक गालालाई ६० हजार व्यक्तिले हेर्नेछन्। राष्ट्रिय दिवसका अवसरमा सोही दिन ३६ जनालाई राष्ट्रिय हिरो अवार्ड दिइनेछ भने जनगणतन्त्र चीन स्थापनामा विशेष योगदान दिनेहरूलाई उच्च सम्मान स्वरूप पदकहरू वितरण गरिनेछ।

चीनमा व्यापार युद्धको असर
चीनका राष्ट्रपति सी चिनफिङको 'चीन अहिले अत्यन्त कठिन अवस्थामा छ' भनाइबाट पनि चीनलाई परेको प्रभाव स्पष्ट हुन्छ। व्यापार युद्धबाट कसैलाई पनि फाइदा गर्दैन, बरु दुवै पक्षलाई हानि पु-याउँछ भन्ने कुरा चीनले बारम्बार दोहो¥याइरहेको छ। अमेरिकासँग भएका १२ चरणका वार्तामा चीनले सहमतिका लागि निकै लचकता अपनाएको छ। व्यापार संरक्षणवाद र एकपक्षीय विचारका कारण अमेरिकाले अन्तर्राष्ट्रिय समाजबाट सर्वत्र निन्दा पाउँदै छ।
चीनबाट सहयोग होइन,लगानी
चीनका परराष्ट्रमन्त्री तथा राज्य परिष्‌द सदस्य वाङ यीले नेपालको तीन दिने भ्रमण सम्पन्न गरेका छन्। उनी आइतबार साँझ पाकिस्तानबाट नेपाल आएर मंगलबार अपरान्ह काठमाडौँबाट चीन फर्किए।
बेहुली तस्करी
बिगत ६ वर्षदेखि बेइजिङमा बसेर काम गर्दा चीनमा बिहे गरेर बसेका दर्जनौ नेपाली चेलीहरुसँग सम्पर्क भएको छ। फेसबुक जस्तै चीनमा लोकप्रिय रहेको वीच्याट संजालमा उनीहरु स्तम्भकारसँग जोडिएका हुन्। केहीलाई प्रत्यक्ष रुपमा भेट गर्ने मौका पनि मिलेको छ। कुराकानीका क्रममा उनीहरुले चीनमा बिहे गरेर आएको कुरा निकै मार्मिक ढङ्गले बताउँछन्। आर्थिक अवस्था कमजोर भएका नेपाली महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर चिनियाँसँग बिहे गराइएको छ।
चीनमा जटील बन्दै बिबाह
सन् २०१७ को जुन महिनमा बेइजिङको केन्द्र भागमा पर्ने चोङशान पार्कमा पनि त्यस्तै जोडी खोज्ने मेला लागेको थियो। 'ब्लाइनडेट पार्क' नाम दिइएको उक्त जोडी खोज्ने हाटमा बर अथवा बधुको निश्चित योग्यता र मापदण्ड तोकेर गरिएका विज्ञापनहरु प्रदर्शनी गरिएको थियो। प्रदर्शनी गरिएको एकल महिला तथा पुरुषको प्रोफाइलमा बेइजिङमा घर भएको प्रमाण, आम्दानीको तह, सम्पत्ति, शैक्षिक गुणस्तर र थप केही जानकारी खुलाएर आफूलाई आवश्यक पर्ने जोडीका लागि पनि सर्तहरु राखिएको थियो।
कश्मीरमा चीनको चासो

अगष्ट ५ तारिख भारतले संविधानको एउटा धारामाथि प्रतिबन्ध लगाउँदै भारत नियन्त्रित कश्मीर क्षेत्रको विशेष स्थानलाई रद्द गर्ने घोषणा गरेपछि कश्मीर क्षेत्रमा युद्धको सन्त्रास बढेको छ। विगत सात दशकदेखि अस्थिर रहँदै आएको कश्मीरमा भारतको लादेको मुख्र्याइँपूर्ण तानाशाहले भारत, चीन र पाकिस्तान तीनै मुलुक एकैचोटि तरङ्गित हुन पुगेका छन्।

समृद्धिको आधार पर्यटन क्षेत्र
कठिन भूगोल, पठार मरुभूमि, उच्च अक्षांश, पातलो बस्ती, न्युन अक्सिजन जस्ता चुनौति हुँदाहुँदै तिब्बतको मुख्य उद्योग व्यवसाय पर्यटन बनेको छ। ग्रामीण क्षेत्रमा खुलेका होमस्टेले त्यहाँको सामाजिक आर्थिक अवस्थालाई उल्लेख्य रुपमा उकासेका छन्। तिब्बतसँग नेपालको १४१४ किलोमिटर सीमा जोडिन्छ। तिब्बतको तुलनामा नेपालसँग त्यति विधि कठिनाइ र चुनौति छैनन्। अनि तिब्बतको तुलनामा नेपालसँग असंख्य पर्यटन गन्तव्यहरु छन्।
1  2  3  4  5  6  7